स्रष्टा पब्लिकेशनद्वारा प्रकाशित कृति “सपनाहरुको बही” उपर विमर्शः पहिचान पुरस्कारमा छनाैट

,   लिम्बुवान न्युज
                       


ललितपुर, १६ असोज । पूर्वका चिरपरिचित कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । गत शनिबार इटहरीमा याक्थुङ भाषा साहित्य समाजको आयोजनामा विज्ञान साहित्यका अभियन्ता थेगुवाको संग्रहको विमर्श गरिएको हो ।
विगत दुई दशकदेखि झापाको दमकमा दमक स्रष्टा छापाखाना संचालन गर्दै आएका साहित्यकार याम थुलुङ्को संचालनमा रहेको स्रष्टा पब्लिकेशनले कृति प्रकाशन गरेको हो ।
लिम्बु याक्थुङ जातीको मौलिक बाँजा च्याब्रुङ (के) बाजा बजाएर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् साहित्यकार मुनाराज सेर्माले कार्यक्रममा थेगुवाको कृतित्व र व्यक्तित्व दुवैको चर्चा गरेका थिए ।
कार्यक्रममा कवि थेगुवाको कृतिममथि प्यानल बहस राखिएको थियो । जसको सहजकर्ता कवि एवम् साँस्कृतिक अध्येता अमित थेवे थिए । प्यानलमा प्रखर कविहरु मनु मञ्जिल, देवान किराँती र टीका आत्रेयले कृतिलाई मसिनो गरि केलाएका थिए ।
मिथकहरुको अधिकतम् प्रयोग गरिएको यो सपनाहरूको बही एक उत्कृष्ट कविता कृति बनेको कवि मनु मञ्जिलले बताए । ‘पहिचान विश्वव्यापी ट्रेन्ड हो । कविले आफ्नो साँस्कृतिक पृष्ठभूमिबाट यो कविता कृतिको जन्माएको हुनाले कविको सौन्दर्य नै पहिचान भएको हो,’ कवि मञ्जिलले भने ।
नेपाली साहित्य आकाशमा थेगुवको सपनाहरूको बही कविता कृति नवीन ,उत्कृष्ट र पठनीय बनेको विमर्श कार्यक्रममा सबै प्यानलिस्टहरूले टिप्पणी राखेका थिए ।
गणितीय चिन्हहरुको प्रयोग गरेर कविता लेख्न सिपालु कवि थेगुवाले बही र काठमाडौंलाई खबर दुईवटा कविता वाचन गरेका थिए । उनलाई कवि बाली छथरे र क्षितिज क्षेत्रीले कविता वाचन गरेर सहयोग गरे ।
साधारण, सौम्य र रचनात्मक रूपमा प्राय साहित्यिक कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४ )संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध (२०६८)गजल काव्य सङ्ग्रह प्रकाशान भइसकेका छन् भने सपनाहरूको वही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।
कवि थेगुवाको कृति पहिचान पुरस्कार २०८० को उत्कृष्ट ८ मा समेत छनौट भएको पब्लिकेशनका प्रमुख थुलुङ्ले बताए ।
याक्थुङ भाषा साहित्य समाजका अध्यक्ष चित्र वनेमको अध्यक्षतामा भएको कार्यक्रम सुनिल थेगुबाले सञ्चालन गरेका थिए । कार्यक्रममा विशेष अतिथि कवि तथा प्रदेश एककी सांसद मिना श्रेष्ठले शुभकामना दिएकी थिइन् । कार्यक्रम संयोजक सुवास तेयुङले स्वागत मन्तव्य दिँदै कार्यक्रमको ओैचित्यमाथि प्रकाश पारे ।
कार्यक्रममा कविहरू चन्द्र गुरुङ, सेलीङ केसी, राजकुमार सुब्बा अनिश्चित, चन्द्र योङया, हेमन यात्री, विशाल नाल्वो, बद्री भिखारी, सुनिता तामाङ, रुमानी कुलुङ, दिलिप घिमिरे, भवानी आङ्देम्बे, गीतकार दिलिप राई सगर, किरण टी लिम्बु, सोनु जयन्ती, प्रज्ज्वल पराजुली लगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेकोे थियोे । त्यस्तै, चुम्लुङ इटहरी अध्यक्ष राम नेम्वाङ, वडा ४ सचिव मदन लिम्बु, वाइफिन धरान सचिव समृत मादेनको समेत सहभागिता रहेको थियोे ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;