स्रष्टा पब्लिकेशनद्वारा प्रकाशित कृति “सपनाहरुको बही” उपर विमर्शः पहिचान पुरस्कारमा छनाैट

,   लिम्बुवान न्युज
                       


ललितपुर, १६ असोज । पूर्वका चिरपरिचित कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । गत शनिबार इटहरीमा याक्थुङ भाषा साहित्य समाजको आयोजनामा विज्ञान साहित्यका अभियन्ता थेगुवाको संग्रहको विमर्श गरिएको हो ।
विगत दुई दशकदेखि झापाको दमकमा दमक स्रष्टा छापाखाना संचालन गर्दै आएका साहित्यकार याम थुलुङ्को संचालनमा रहेको स्रष्टा पब्लिकेशनले कृति प्रकाशन गरेको हो ।
लिम्बु याक्थुङ जातीको मौलिक बाँजा च्याब्रुङ (के) बाजा बजाएर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् साहित्यकार मुनाराज सेर्माले कार्यक्रममा थेगुवाको कृतित्व र व्यक्तित्व दुवैको चर्चा गरेका थिए ।
कार्यक्रममा कवि थेगुवाको कृतिममथि प्यानल बहस राखिएको थियो । जसको सहजकर्ता कवि एवम् साँस्कृतिक अध्येता अमित थेवे थिए । प्यानलमा प्रखर कविहरु मनु मञ्जिल, देवान किराँती र टीका आत्रेयले कृतिलाई मसिनो गरि केलाएका थिए ।
मिथकहरुको अधिकतम् प्रयोग गरिएको यो सपनाहरूको बही एक उत्कृष्ट कविता कृति बनेको कवि मनु मञ्जिलले बताए । ‘पहिचान विश्वव्यापी ट्रेन्ड हो । कविले आफ्नो साँस्कृतिक पृष्ठभूमिबाट यो कविता कृतिको जन्माएको हुनाले कविको सौन्दर्य नै पहिचान भएको हो,’ कवि मञ्जिलले भने ।
नेपाली साहित्य आकाशमा थेगुवको सपनाहरूको बही कविता कृति नवीन ,उत्कृष्ट र पठनीय बनेको विमर्श कार्यक्रममा सबै प्यानलिस्टहरूले टिप्पणी राखेका थिए ।
गणितीय चिन्हहरुको प्रयोग गरेर कविता लेख्न सिपालु कवि थेगुवाले बही र काठमाडौंलाई खबर दुईवटा कविता वाचन गरेका थिए । उनलाई कवि बाली छथरे र क्षितिज क्षेत्रीले कविता वाचन गरेर सहयोग गरे ।
साधारण, सौम्य र रचनात्मक रूपमा प्राय साहित्यिक कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४ )संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध (२०६८)गजल काव्य सङ्ग्रह प्रकाशान भइसकेका छन् भने सपनाहरूको वही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।
कवि थेगुवाको कृति पहिचान पुरस्कार २०८० को उत्कृष्ट ८ मा समेत छनौट भएको पब्लिकेशनका प्रमुख थुलुङ्ले बताए ।
याक्थुङ भाषा साहित्य समाजका अध्यक्ष चित्र वनेमको अध्यक्षतामा भएको कार्यक्रम सुनिल थेगुबाले सञ्चालन गरेका थिए । कार्यक्रममा विशेष अतिथि कवि तथा प्रदेश एककी सांसद मिना श्रेष्ठले शुभकामना दिएकी थिइन् । कार्यक्रम संयोजक सुवास तेयुङले स्वागत मन्तव्य दिँदै कार्यक्रमको ओैचित्यमाथि प्रकाश पारे ।
कार्यक्रममा कविहरू चन्द्र गुरुङ, सेलीङ केसी, राजकुमार सुब्बा अनिश्चित, चन्द्र योङया, हेमन यात्री, विशाल नाल्वो, बद्री भिखारी, सुनिता तामाङ, रुमानी कुलुङ, दिलिप घिमिरे, भवानी आङ्देम्बे, गीतकार दिलिप राई सगर, किरण टी लिम्बु, सोनु जयन्ती, प्रज्ज्वल पराजुली लगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेकोे थियोे । त्यस्तै, चुम्लुङ इटहरी अध्यक्ष राम नेम्वाङ, वडा ४ सचिव मदन लिम्बु, वाइफिन धरान सचिव समृत मादेनको समेत सहभागिता रहेको थियोे ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;