निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को लोकार्पण

 लिम्बुवान न्युज
                       

दमक, १९ असोज/ आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भव्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको हो ।

स्रष्टा पब्लिकेशनका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजकार केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
लोकार्पण पुस्तकमाथि सामूहिक  विमर्श गरिएको थियो । विमर्शमा समालोचक मिश्र वैजयन्ती, आख्यानकार कुमार भट्टराई र लेखक कृष्ण बरालबीच बहसको प्रकाश थाम्सुहाङले सहजीकरण गरेका थिए ।

चालीसको दशकदेखि निरन्तर साहित्य लेखन/चिन्तनमा अभ्यस्त साहित्यकार कृष्ण बराल लीलालेखन सम्बद्ध एक दिग्गज प्रतिनिधि लेखक हुन् । जीवन भोगाइका दिग्भ्रमित खेलहरूलाई सिलसिलेवर ढङ्गले दुरूस्तै लेख्नु उहाँको लेखकीय निपुणता हो ।

शब्दलाई जीवन प्रतिबिम्ब मान्ने,समावेशी चिन्तनका अनुयायी कृष्ण बरालका यसअघि तीन पिढी एउटा सिढी निबन्ध संग्रह, लीलावार्ता र शरणार्थी लीला समालोचना, कथा च्यातिएका कथा संग्रह,अवतरण उपन्यास, अरामायण उपन्यास, समय, हराएको बेला उपन्यास जस्ता छ वटा गहकिला कृतिहरु प्रकाशित भइसकेका छन् ।

महानन्द पुरस्कार, जयन्द्र प्रसाई साहित्य सेवा पुरस्कार, पद्मश्रीपुरस्कार, दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार जस्ता दर्जनौ मानसम्मानद्वारा विभूषित बरालका नातिपुस्ताको खेल निबन्ध संग्रह सातौ कृति हो ।

लोकार्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, कवि अभागी थेगुवा, कवि प्रकाश बुढाथोकी, कवि लिला अनमोल, स्रष्टा भुपेन्द्र तिम्सिना, गजलकार कृष्ण काश्यप, कवि सेलीङ केसी, जितेन पन्धाक, निहाङ किराँती, डाक्टर बालचन्द्र सुब्बा, कृष्ण उदासी, दिलिप राई सगर, बिरु स्वामी, रुमानी कुलुङ लगायत दर्जनौ कवि, गजलकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति रहेकाे थियो।

“नातिपुस्ताको खेल” विशेषगरी स्मृति परक निबन्धहरूको सङ्ग्रह हो । निबन्ध सङ्ग्रहमा सजिला र जटिल दुवै खाले  निबन्धहरु समावेश छन्, जसले पाठकलाई स्मृतिमा हराउने र फरक चेतनाको अनुभव दिने निबन्धकार बराल बताउछन् ।

विगत दुई दशकदेखि झापाको दमकमा दमक स्रष्टा छापाखाना सञ्चालन गर्दै आएका साहित्यकार याम थुलुङकाे संचालनमा रहेको स्रष्टा पब्लिकेशनले कृति प्रकाशन गरेकाे हाे । उक्त पब्लिकेशनले हालै मात्र प्रकाशन गरेकाे कवि अभागि थेगुवाकाे कृति ‘सपनाहरूकाे बहि’ पहिचान पुरस्कारकाे छनाैट चरणमा पुगेकाे छ ।

“नातिपुस्ताको खेल” नामक निबन्ध सङग्रहलाई पनि स्रष्टा  प्रकाशनद्धारा प्रकाशित गरेको हो ।
पब्लिकेशनका उपाध्यक्ष स्रष्टा याम थुलुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार सुब्बा अनिश्चितले गरेका थिए।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...