
शहिद राजकुमार आङ्देम्बे “माङ्तोक”– र मनिल तामाङकाे रगतलाइ बचाइ राख्न प्रतिष्ठानको स्थापना गरिएको हो । तर, राजनीतिक रुपान्तरण र परिवर्तनसंगै सोचे अनुरुप काम गर्न नसक्नु, कोरोना कालमा प्रदेश नं. १ बाट बजेट विनियोजन भएपनि संस्थाले जग्गा खरिद वा कोहीबाट दान नपाउनु, इटहरीमा जग्गा खरिद गर्ने प्रयास भइरहँदा उक्त जग्गा इटही उपमहानगरले रोक्का गर्नु । आर्थिक सहयोग उठाउन नसक्नु । प्रतिष्ठानको धेरैभन्दा धेरै आजीवन सदस्य र साधारण सदस्यता प्रदान गर्न नसक्नु । सबैले जिम्मेवारी दिएको अनुसार रकम उठाउन नसक्नु नै हामीले उपलब्धिमूलक कार्य गर्न नसकेको पुष्टि हुन्छ ।
नौ जिल्लामा हजारौं वटा सदस्यता पत्र छपाई गरेर पठाउँदा पनि त्यसको कुनै लेखाजोखा नभएको मेरो मनमस्तिष्कमा ताजै छ । त्यो बेला पठाइएका सदस्यता पत्र र आजीवन सदस्यता पत्रको अर्थकट्टी हालसम्म पनि फिर्ता आएन सायद त्यो पक्कै आउँदैन । यस्ता विविध कारण पनि प्रतिष्ठान सोचे अनुरुप चलाउन सकिएन, यो दुर्भाग्य भनौं या आन्दोलनको कारण हो त्यस प्रति म हालसम्म पनि अनुत्तरित छु ।
प्रत्येक बर्ष संस्थाको नविकरण गर्न र अन्य कार्यक्रमहरु बजेट अभावका कारण गर्न नसक्नुका कारण पनि तोकिएको समय मै साधारण सभा र अधिवेशन गर्न नसक्नु यसमा प्रतिष्ठानमा रहेका समितिको मात्र दोष नभएर सिंगो टिममा आएको विविध आरोह अवरोह नै भन्ने ठानेको छु । हामीले पाँच बर्ष पछि २०७५ सालमा संस्था नविकरण गरेर दोस्रो साधारणसभाबाट नयाँ कार्य समिति पनि बनायौं तर त्यो समितिले पनि सोचे अनुरुप नयाँ कार्यक्रम ल्याउन सकेनौं । पहिचान आन्दोलन, चुनाव लगायत विभिन्न आन्दोलनमा हामी सबै सक्रिय भयौं र यता प्रतिष्ठानको कार्य ओझेल परेको हो भन्ने मलाई लागेको छ । तर त्यपछि प्रत्येक बर्ष शहीद स्मृति सभा र विविध कार्यक्रम अनि संस्था नविकरणका कार्यहरु प्रत्येक बर्ष भईरहेको छ ।
यतिवेला संस्था दर्ता भएको पनि ११ बर्ष वितिसकेको छ अब नयाँ समितिलाई चाँडै सुम्पने प्रतिबद्धा म गर्दछु तर हामी भ्रम र अरुको भावनामा डुवेर एक अर्काको आरोप प्रत्यारो नगरौं । सहिदहरु कसैको मेरो तेरो हुँदैन । सबैको साझा सम्पत्ति हुन् । पहिचान र लिम्बुवान आन्दोलनमा लागेका सबैको साझा सम्पत्ति हो । मेरो मात्रै हो भन्ने परिभाषा दिईयो भने शहीद एक जाती वा एक वर्गको मात्र होइन । सबैको साझा भयो भने मात्र त्यो पूर्णता हुन्छ ।
महान सहिद माङतोक ढलेको दिन देखि नै म यो यात्रामा लागेको मान्छे हो । म २०५६ साल जतिवेला मैले एसएलसी पास गरेर कलेज पढ्न थाले सोही समयदेखि नै जातीय पहिचानको पक्षमा म उभिएको मान्छु हुँ । जतिवेला १० बर्षे माओवादीको जनयुद्धको रकरक चलिरहेको थियो तर मलाई कम्यूनिस्ट आन्दोलन र विचारले तानेन । मैले सोचेको थिए देशमा जातीय समस्य गहन छ र महत्वपूर्ण छ ।
जबसम्म जाती जाती विचको भेदभाव अन्त्य हुँदैन तबसम्म देशको नीति परिवर्तन हुँदैन भनेर नै हामी पहिचानको आन्दोलनमा जोडिएको हौं, म पनि जोडिएको मान्छु हुँ । मलाई संघीय मञ्चको विचार, दृष्टिकोण मन परेको हो र लागे तर विचार, नीति, सिद्धान्त मान्छेले नै बनाएको हो तर मान्छे जब एउटा पार्टीबाट राजनीति गरिसकेपछि उसले निभाउनु पर्ने कर्तव्य पालना गर्न सक्दैन नी पार्टीले दिएको म्याण्डेट अनुसार अघि बढ्नु सकेन भने त्यो पूर्णता हुँदैन भन्ने मेरो बुझाई हो ।
पार्टी जहिले पनि विचार, नीति, सिद्धान्त र दृष्टिकोणले नै चल्ने हो तर त्यो नेता वा कार्यकर्ताले पालना गर्नुपर्छ भन्ने हो । अनुशासनपूर्वक मैले पनि त्यो त्याग गरे भन्ने लाग्छ । सबैथोक त्यागेर आन्दोलन र पार्टीको होलटाइमर भएर काम गरेकै हो तर त्यो बेला जब संगठन कमजोर भयो नि त्यसबेला नेताहरुले अपनाउनु पर्ने विभिन्न विधि पद्दतीहरु तोडियो भने संगठन मजवुत हुँदैन । झन झन खिइदै जाने, टुक्राटुक्रा हुँदै विचार र नेताहरु फरक फरक बाटोमा लाग्ने, छोड्ने, अन्त लाग्ने कारणले एउटा दृष्टिकोण कमजोर बन्यो । पटकपटक मञ्चमा उदाचढाव आए कै हो अन्ततः म जस्तो एउटा होलटाइमरले पनि विचार होइन् नेताको कार्य शैली प्रति असन्तुष्ट हुँदै संगठनबाट बाहिरेको हो तर विचारबाट होइन यसमा सबै प्रष्ट हुन अनुरोध छ ।
यसर्थ म भन्न चाहान्छु अब जुटौं, एक हौें हाम्रो विचार एउटै हो । चुनावमा पनि परिणाम दिन नसक्ने, विचार पनि स्थायी बनाउन नसक्ने अनि शहिदहरुको सपना पनि पुरा नहुने । युवाहरु झनझन विरोजगार भई अलपत्र बनाउने यात्रामा लाग्नु भनेको ठूलो अपराध हो भन्ने निश्कर्षमा पुगेर नै नयाँ बाटो रोजियो तर यहाँ त्यसलाई जग बनाएर रुपान्तरण हुन खोज्नेहरुमाथि डोजर चलाउने काम भएको छ । यो बाटोबाट सबै मुक्त हुन जरुरी छ ।
त्यसकारण रगत बगेको इतिहासलाई वचाउन समय र परिवेश अनुसार रुपान्तरित हुँदै जानु पर्दछ । यो नै अबको अन्तिम विल्कप ठानेको छु । साथै शहीदहरुको सपना र रगतको मूल्याङकन हुन्छ भन्ने हो ।
मलाई राम्ररी थाहा छ २०६४ को लिम्बुवान बन्दको क्रममा भएका घटनाहरु । गणतान्त्रिक मोर्चाको नाममा देशव्यापी प्रर्णसमानुपातिक चुनाव प्रणालीको आन्दोलन पहिचान पक्षधरले सो बेला चर्काएका थिए । त्यसमा पनि सरकारले झापाको कन्काई नदी पश्चिम देखि उर्लाबारी मावा खोलाको पूर्व सिमानालाई लिम्बुवानको रेड जोन भनेर रेखाङकन गरेर अनिश्चितकालीन बन्दमा कर्फू लगायो सोही बेला माङतोकले असोज २० गते २०६४ मा शसस्त्रको गोली थाप्न पुगे । उनको अन्त्येष्टी गर्ने क्रममा पनि विभिन्न बाधा व्यवधान भयो । मलाई राम्ररी थाहा छ । माङतोकको शवलाई अन्त्येष्टी गर्न राज्यले केही घण्टा कर्फू खोकुलो बनायो म पनि मलामीमा गए । दमकबाट सानो केर्खा साईकल चढेर तर फर्कने क्रममा ५ बजिसकेको हुँदा कर्फू जारी थियो । मूल हाईवेमा हामीलाई हिड्न दिएनन् म चुलाचुलीको माथिमाथिबाट दमक देवान चोक हुँदै किरण राईको घरसम्म त आए तर मैले साइकल ल्याउन सकिन । म हिड्दै हिड्दै रतुवा खोलाको विचबाट ओरालो झरे । म दमक १३ हाल ८ को किरात चोक मेरो फुपुको घरमा बस्थे त्यहाँ पुग्न मलाई रतुवा खोलाखोला कम्तिमा ४ किलोमिटर हिड्नु परेको थियो । ९ बजे राती मात्र म कोठामा पुगेको थिए । त्यो पनि खाली खुट्टा । रतुवा खोलाको विचबाट राती अध्यारोमा म एक्लै हिडेर त्यो खोला पार गरेको थिए । माथि पुलमा प्रहरीहरु तैनाथ थिए तर म कछुवाको चालमा पुल तरेको त्यो मेरो आँलाग्ने अठोट गरेको थिए । तर यतिवेला धेरै साथीहरुले यो कुरालाई हस्यास्पद ठानिरहनु भएको देख्दा दुःख लाग्छ खैर केही छैन म यो यात्राखामा अहिले पनि झलझली आउँछ तर यो कुरा गर्दा धेरैलाई पत्यार लाग्दैनभने मेरो फुपु अहिले पनि जिउँदै हुनुहुन्छ ।
यसरी मैले उ बेलै देखि एउटा पहिचान आन्दोलनमा बाट र यो बाटोबाट कहिल्यै कहिल्यै भाग्ने छैन ।
हाम्रा सहिदहरु लिम्बुवान, पहिचान र समानुपातिक प्रणालीका ऐतिहासिक दस्तावेज हुन् उनीहरुको सपना पुरा गर्न एउटा पार्टी मै बस्नु पर्छ भन्ने छैन सबै मिलेर इतिहास कोरौं भन्ने लाग्छ ।
प्रतिष्ठान बारे केही कुरा गरौं
१. पृष्ठभूमिः
नेपाल बहुभाषी, बहुजाती, बहुधर्म र बहुसंस्कृतिको देश भएकोले यहाँ सबै नेपाली जनताको सह–अस्तित्व कायम राख्दै नेपाललाई समृद्ध नेपाल बनाउन सबै एक हुनुपर्छ र यो देशमा शासन प्रणाली परिवर्तन गरी नयाँ नेपाल निर्माण गर्न अगाडि बढ्नु पर्छ भनेर नै देशमा ठूलठूला राजनैतिक क्रान्तिहरु भएको इतिहास छर्लङ्ग छ । नेपाल पहिचान सहितको संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष हुने छ अनि मात्र विकासको अग्रगमन दिशा तर्फ उन्मुख भई देशले मुहार फेर्छ भन्ने हेतुले देशमा २०६२/०६३ मा दोस्रो जनआन्दोलन भयो । सबै जाती र वर्गका लाखौं मान्छेहरु सडकमा ओर्लियो र नयाँ नेपालको नयाँ संविधान लेखाउन संविधानसभाको चुनाव गर्न राजतन्त्रलाई जनताले समाप्त गरेरै छाडे । देशमा राजतन्त्र अन्त्य भयो र संघीय लोकतान्त्रिक गणतन्त्र तर्फ उन्मुख हुँदै जाने बाटो खोलियो ।
नेपालको इतिहासमा पहिलो संविधानसभाको चुनाव हुने निश्चय भयो । पहिचानवादी राजनैतिक शक्तिहरुले संविधानसभा चुनाव पूर्ण समानुपातिक चुनाव प्रणालीबाट चुनाव गरिनुपर्छ भन्ने अडान भएपछि १९ दिनसम्म आन्दोलन भयो । सो आन्दोलनलाई पूर्वमा संघीय लिम्बुवान लागायत पहिचानवादी शक्तिहरुले अरुण सप्तकोशी पूर्वका ऐतिहासिक भूभागलाई लिम्बुवान स्वायत्त राज्यको रुपमा सुनिश्चित गरिनुपर्छ भनी आन्दोलन ग¥यो, हजारौं जनता सडकमा ओर्लिए सोही आन्दोलनको क्रममा मिति २०४४ साल मंसिर २४ गते बुबा धन बहादुर आङ्देम्बे र आमा नरमाया वनेम आङ्देम्बेको कोखबाट इलाम चुलाचुली १ मा जन्मिएका राजकुमार आङ्देम्बे ‘माङ्तोक’लाई पूर्वपश्चिम लोक मार्गको झापा तोपगाछी कमल खोला पूलको किनारमा मिति २०६४ साल असोज २० गते शसस्त्र प्रहरीको गाली लागि शहादत्ता प्राप्त गरे । राज्यले शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’लाई राष्ट्रिय शहिद घोषणा ग¥यो र गृहमन्त्रालयले मिति २०६५ साल पौष २० गते परिवारलाई रु. १०,००,०००।– (अक्षरेपी दश लाख) राहत प्रदान ग¥यो । शहिद राजकुमार आङ्देम्बेको बलिदानीले २०६४ फाल्गुन १८ गते प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको उपस्थितिमा लिम्बुवान र राज्य बिच ५ बुँदे सम्झौता भयो र लिम्बुवानले पहिलो संविधानसभा चुनावमा सहभागी हुने सहज बातावरण बन्यो ।
नेपालको संविधानसभाको चुनावमा नेपाली जनताहरुले समानुपातिक चुनाव प्रणालीको अभ्यास गर्ने अवसर पाए । सो चुनाव प्रणालीलाई अवलम्बन गर्दै त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव पनि पूर्ण समानुपातिक प्रणालीबाटै गर्नुपर्छ भन्ने अडान लिम्बुवान लगायत पहिचानवादी दलका विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहँदा राज्यले पेलेरै पुरानै पद्दतीबाट चुनाव गर्ने रणनीति लिएपछि चुनावलाई रोक्ने क्रममा विद्यार्थी आन्दोलनको आगो बलिरहेको बेला झापा पृथ्वीनगरमा बुबा भरत तामाङ् र आमा ममिता तामाङ्को कोखबाट वि.सं. २०४९ साल मंसिर २ गते जन्मिएका मनिल तामाङ्लाई वि.सं. २०६५ साल चैत्र ६ गते स्ववियू चुनावका दिन धुलाबारी बहुमुखी क्याम्पसमा प्रहरीको गोली लागि शहादत्ता प्राप्त गरे । नेपाल सरकारले तामाङ्लाई राष्ट्रिय विद्यार्थी शहिद घोषणा गरि उनको परिवारलाई मिति २०६७ साल वैशाख ५ गते गृहमन्त्रालयले रु. १०,००,०००।– (अक्षरेपी दश लाख) राहत प्रदान गर्याे । यि द्वय राष्ट्रिय शहिदहरुको बलिदानीले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलन र चुनावलाई समानुपातिक पद्दतीमा निर्वाचन गर्ने प्रणालीको आधार तयार पारेको इतिहास छर्लङ्ग नै छ ।
यिनै महान शहिदहरु राजकुमार आङ्देम्बे ‘माङ्तोक’ र मनिल तामाङकाे सपनालाई साकार पर्ने धेयले र शहिदहरुलाई अमर बनाउनको निमित्त यो सामाजिक गैरनाफामूलक संस्था “शहिद राजकुमार आङ्देम्बे ‘माङतोक’–मनिल तमाङ् स्मृति प्रतिष्ठान”को जन्म भयो । नेपाल सरकारको अधिनमा रहने गरी वि.सं. २०७० साल चैत्र १४ गते झापा जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई हाल निरन्तर रुपमा समाजमा क्रियाशिल रहेको सर्वविदितै छ ।
२. संस्थाको उद्देश्यः
यो संस्था गैर नाफामूलक, पहिचान, संघीयता, समानुपातिकता, आईएलओ १६९ को बारेमा जनचेतना ल्याउने, प्रशिक्षण, अन्तरक्रिया, सेमीनार, गोष्टीहरुको आयोजना गर्ने र विभिन्न पुस्तक, पत्रपत्रिका, अडियो, भिडियो लगायत निर्माण गर्ने रहेको छ । शहिदहरुको सपनालाई साकार पार्न विद्यालयहरु खोल्ने, आदिवासी जनजातिहरुको मातृभाषाहरुको संरक्षण, प्रबद्र्धन गर्ने, दलित(शिल्पी) जाति लगायत महिलाहरुको सर्वाङ्गिण विकासको निमित्त काम गर्ने । स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमहरु संचालन गर्ने । खेलकुद, सांस्कृतिक, पत्रकारिता सम्बन्धी प्रशिक्षण तथा शिविरहरु संचालन गर्ने । समाजमा आईपर्ने विकृति विसंगति, युवाहरुलाई कुलतबाट मुक्त गराउने तथा सीपमूलक कार्यक्रमहरु संचालन गर्ने । यस संस्थाको उद्देश्य रहेको छ ।
३. संस्थाको २०७० देखि हालसम्मको कार्य योजनाः
(क) २०७० सालमा गरिएको कार्ययोजनाः
वि.सं. २०७० साल साउन ५ गते झापा, दमकमा एक बैंठक बसि “शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठान”को औपचारिक नामाकरण गरिएको थियो । सो नामाकरणसँगै संस्थापक समिति गठन भएको थियो । उक्त १७ सदस्यीय समिति निम्न अनुसार रहेको छ ।
१. अध्यक्ष ज्ञान बहादुर गुरुङ्, मोरङ्
२. प्रथम उपाध्यक्षउत्तम कुमार योङ्हाङ्, इलाम
३. द्वित्तीय उपाध्यक्षजीत बहादुर आङ्देम्बे, इलाम
४. तृतीय उपाध्यक्षहरिदेवी राई, झापा
५. सचिवदिल कुमार लावती, झापा
६. सह–सचिव देउचन्द्र तुम्बापो, इलाम
७. कोषाध्यक्षसुन्दर वेघा, इलाम
८. सदस्यशान्ता योङहाङ्, झापा
९. सदस्यथाङसाङ लावती, इलाम
१०. सदस्यभक्त बहादुर लिम्बु, झापा
११. सदस्यविष्णुमाया थापा (भट्टराई), झापा
१२. सदस्यविष्णुराज तुम्बापो, इलाम
१३. सदस्यभरत तामाङ्, झापा
१४. सदस्यसुनमाया आङ्देम्बे, इलाम
१५. सदस्यकेन्द्र चेम्जोङ्,इलाम
१६. सदस्यललित लुहागुन, झापा
१७. सदस्यप्रेम कुमार थाम्सुहाङ, इलाम
उक्त बैठकको छलफलमा विधान लेखनको लागि दिल कुमार लावतीको संयोजकत्वमा सदस्यहरु प्रेम कुमार थाम्सुहाङ, विष्णुमाया थापा रहने एक समिति गठन भएको थियो । सो संस्थाले विधान तयार पारी संस्था दर्ताको लागि संयोजक ज्ञान बहादुर गुरुङ, सदस्यहरुमा दिल कुमार लावती र भक्त बहादुर लिम्बुलाई अख्तीयारी दिईयो ।
दमक नगरपालिकाको सिफारिस, जिल्ला विकास समितिको सिफारिस सहित मिति २०७० साल चैत्र १४ गते जिल्ला प्रशासन कार्यालय झापामा प्रतिष्ठान विधिवत दर्ता भयो । संस्थाले आफ्नो दर्ता नं. २२२५ प्राप्त ग¥यो । तत् पश्चात मिति २०७० साल चैत्र १७ गते दमक होटल पाथीभरा एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन मार्फत शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठान संस्था दर्ता झापा जिल्लामा भएको जानकारी गराईयो ।
(ख) २०७१ सालमा भएका कार्ययोजना तथा कार्यक्रमहरुः
२०७१ साल जेष्ठ १७ गते एक बैठकको योजना गरिएको थियो । त्यसैगरी असोज २० गते शहिद राज कुमार आङ्देम्बे माङ्तोकको सातौं स्मृति दिवस उपाध्यक्ष उत्तम कुमार योङ्हाङ्को अध्यक्षतामा तोपगाछी सानो केर्खा माङ्तोक समाधिस्थलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रममा इलाम, झापा र मोरङ्बाट उपस्थिति रहेको थियो । २०७१ साल असोज २५ गते बैठक बसी समाधिस्थलहरुको पुनःनिर्माण गर्न पहल गर्ने भनियो तर सोचे अनुसार प्रगति हुन सकेको छैन । त्यसैगरी मंसिर ८ गते प्रतिष्ठानको बैठक बसेको थियो भने मंसिर २४ गते शहिद राजकुमार आङ्देम्बे माङ्तोकको जन्मजयन्तीको अवसर पारेर दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त रक्तजान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । चैत्र ६ गते शहिद मनिल तामाङ्को स्मृति दिवस विविध कारणबस मनाउन सकिएन ।
(ग) २०७२ सालमा भएका कार्य योजना तथा कार्यक्रमहरुः
२०७२ साल असोज २० गते प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुरको सभाध्यक्षतामा कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा तोपगाछी सानो केर्खा माङ्तोक समाधिस्थलमा आठौं स्मृति सभा भव्य रुपमा सम्पन्न गरियो । त्यसैगरी चैत्र ६ गते शनिबार प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ र सचिव दिल कुमार लावतीको उपस्थितिमा शहिद मनिल तामाङकाे समाधिस्थलमा सातौं स्मृति दिवस सम्पन्न गरियो । कार्यक्रममा शहिदका बुबा भरत तामाङकाे समेत उपस्थिति रहेको थियो ।
(घ) २०७३ सालमा भएका कार्यक्रमहरुः
विगत बर्ष झैं यो बर्ष पनि शहिद राज कुमार आङ्देम्बे माङ्तोकको ९औं स्मृति दिवस समाधिस्थल तोपगाछी सानो केर्खा मा गरियो त्यसैगरी शहिद मनिल तामाङकाे आठौं स्मृति दिवस समाधिस्थल पृथ्वीनगरमा गरियो । उक्त अवसरमा संघीय लिम्बुवान सामाजिक मञ्च, कता, इजरायल, कुवेत र अष्टे्लियाबाट वानु पन्धाकको सहयोगबाट यलम्बर खम्बू र अरुण जवेगुको संयोजनमा श्री चन्द्र भानु जयन्ती मा.वि.का विद्यार्थीहरुलाई कापी कलम प्रदान गरियो ।
(ङ) २०७४ सालमा भएका कार्यक्रमहरुः
२०७४ साल जेष्ठ ६ गते प्रतिष्ठानको बैठक बसी प्रतिष्ठानको लेखापरीक्षण गर्न दमक–१, झापाका भट्टराई एण्ड एसोसियटका कोमलराज भट्टराईलाई नियुक्त गरियो । त्यसैगरी २०७४ साल असार २५ गते एक बैठक बसी यस प्रतिष्ठानका सह–सचिव देउ चन्द्र तुम्बापोको संयोजकत्वमा शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को चुलाचुली १, मिलडाँडामा पूर्णकदको शालिक निर्माण गर्न एक निर्माण उप समिति गठन गरियो ।
उक्त समिति निम्नअनुसार छन् ।
१. संयोजक(अध्यक्ष)देउचन्द्र तुम्बापो (कुमार)
२. सह–संयोजक(सचिव)रतन रोक्का
३. सह–संयोजक (कोषाध्यक्ष)संगीता थलङ् (तुम्बापो)
४. सदस्यविकास राई
५. सदस्यसन्तवीर फागो
६. सदस्यउद्धव ओझा
७. सदस्यचम्पासिं फागो
त्यसैगरी सल्लाहकार समितिमा निम्न अनुसार छन् ।
१. सल्लाहकार संयोजकगणेश प्रसाद फागो
२. ,,सदस्यनारायण सिं लावती
३. ,,सदस्यदिल बहादुर कार्की
४. ,,सदस्यजीवन माङ्मु
५. ,,सदस्यनरेन्द्र तुम्बापो
६. ,,सदस्यधन बहादुर सुनुवार
७. ,,सदस्यपूर्ण लावती
८. ,,सदस्यनरेन्द्र न्यौपाने
मिति २०७४ असोज ७ गते शनिबारका दिन शहिद प्रतिष्ठानका सह–सचिव तथा शालिक निर्माण समितिका संयोजक देउ चन्द्र तुम्बापोको सभाध्यक्षतामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा, प्रमुख अतिथि, चुलाचुली गाउँपालिकाका प्रमुख प्रदिप चन्द्र राई र शहिद छोरी मेन्छिगेन आङ्देम्बेको हस्तबाहुलीबाट चुलचुली १ मिलडाँडामा शहिद राज कुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक शिल्यानास गरियो। हाल सो शालिक निर्माणाधिन अवस्थामा रहेको छ । विगत बर्ष झैं असोज २० गते शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १०औं स्मृति दिवश समाधिस्थलमा सम्पन्न गरियो । त्यसैगरी चैत्र ६ गते सोचे अनुरुप नभएपनि शहिद मनिल तामाङ्को ९औं स्मृति सभा गरियो ।
(च) २०७५ सालमा गरिएका कार्ययोजनाहरुः
मिति २०७५ साल भदौं ३० गते यस प्रतिष्ठानका सह–सचिव देउचन्द्र तुम्बापो मोटरसाईलमा दुर्घटना भएको हुँदा वहाँको उपचार गराउनलाई विभिन्न सहयोगदाताहरुबाट आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरियो । हाल वहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ । संस्थाको पहलमा करिब २ लाख ६० हजार रुपैयाँ विरामीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी असोज २० गते यस प्रतिष्ठानका सदस्य विष्णुराज तुम्बापोको सभाध्यक्षता तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा तोपगाछी सानो केर्खामा भव्य रुपमा सम्पन्न गरियो । त्यसैगरी २०७० देखि २०७५ सालसम्मको अडिट रिपोर्ट बनाई वि.सं. २०७५ साल पुष ३० गते आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र प्राप्त गरि २०७५ साल माघ ६ गते इलाका प्रशासन कार्यालय दमकमा संस्था नविकरण भएको छ । यो बर्ष हामीले संस्था नविकरण नगरेको खण्डमा संस्था खारेजीको प्रक्रियामा गईसकेको हुँदा संस्थालाई बचाउने महत्वपूर्ण कार्य भएको छ । संस्था वचाउनलाई महत्वपूर्ण योगदान गर्नुहुने संघीय लिम्बुवान मञ्च नेपालका महासचिव अशोक चेम्जोङ्लाई धन्यवाद नदिई सकिन्न ।
(छ) यसैगरी २०७६ साल देखि २०८० सालसम्म द्वय शहीदहरुको प्रत्येक बर्ष स्मृति सभा, विविध कार्यक्रम र जिल्ला प्रशासनमा संस्थालाई स्थायित्व दिन दमक नगरपालिकाबाट संस्था नविकरणको सिफारिस लिई संस्था नगिकरण गर्ने र अडिटरबाट संस्थाको अडिट गरि निरन्तर क्रियासिल रहेको सबैमा अवगत गराउँदछु ।
४. शहिद माङ्तोकको शालिक अनावरण र शहिद मनिलको शालिक निर्माण सम्बन्धमाः
महान शहिदहरु राज कुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्ण कदको शालिक चुलाचुली गाउँपालिका वडा नं. १ कमल मिलडाँडामा निर्माण भऐको छ । त्यसैगरी शहिद मनिल तामाङकाे शालिक निर्माण कार्य भएको छैन परिवार लगायत शुभचिन्तकहरुबाट सो निर्माणको व्यापक दवाव भएको छ । यस प्रति सरोकारवालासँग चाडै बसेर छलफल गरेर निर्माण शुरु गर्ने तयारीको निमित्त तमाममा अनुरोध छ । धुलाबारी क्याम्पससँग एक खालको सम्झौता भएको तर हालसम्म त्यसको कार्यान्वयन नभएको हुँदा त्यस विषयमा अध्ययन र छलफल गर्ने नभएमा कुनै पायक पर्ने ठाउँमा शालिक निर्माण गर्न यो प्रतिष्ठान सधै तत्पर रहने पनि जानकारी गरिन्छ ।
अन्त्यमा, शहिदहरुको महान सपना पुरा गर्न तपाई हाम्रो उत्तिकै जिम्मेवार छ । यो महान कार्यमा यो संस्थालाई जिवित राख्न तपाई हामी सबैको उत्तिकै दायित्व रहेको छ । यस प्रति हामी गम्भीर भएर लागौं, जुटौं यसैमा सबैको भलाई हुन्छ । धन्यवाद ।
सचिव
शहिद राजुकमार आङ्देम्बे ‘माङ्तोक’–
मनिल तामाङ् स्मृति प्रतिष्ठान