रेडियाे नेपालबाट अब दनुवार भाषामा पनि समाचार प्रशारण हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ असाेज । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।

रेडियो नेपालले आगामी असोज ३० गते दिनको ३ः१५ बजेबाट दनुवार भाषामासमेत समाचार प्रसारण सुरु गर्न लागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

नेपाल सरकारका प्रवक्ता एवं माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त भाषाको समाचार शुभारम्भ गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिनुभयो ।

रेडियो नेपालले दनुवार जागरण समिति लगायतका सरोकारवालाहरुको अनुरोध र भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भूषण दासले जानकारी दिनुभयो ।

दनुवार भाषा विशेषगरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायत ६२ वटा जिल्लामा बोलिने भाषा हो । यो समुदायको कुल जनसंख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार ८२ हजार ७ सय ८४ अर्थात कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्क अनुसार नेपालमा दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसंख्याको ०.१७ प्रतिशत हो ।

दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यकासाथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो ।

भाषा आयोगले अति सिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाशिल गरेको थप उपलब्धी भएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...