रेडियाे नेपालबाट अब दनुवार भाषामा पनि समाचार प्रशारण हुने

,   लिम्बुवान न्युज
                       

ललितपुर, २३ असाेज । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।

रेडियो नेपालले आगामी असोज ३० गते दिनको ३ः१५ बजेबाट दनुवार भाषामासमेत समाचार प्रसारण सुरु गर्न लागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

नेपाल सरकारका प्रवक्ता एवं माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त भाषाको समाचार शुभारम्भ गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिनुभयो ।

रेडियो नेपालले दनुवार जागरण समिति लगायतका सरोकारवालाहरुको अनुरोध र भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भूषण दासले जानकारी दिनुभयो ।

दनुवार भाषा विशेषगरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायत ६२ वटा जिल्लामा बोलिने भाषा हो । यो समुदायको कुल जनसंख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार ८२ हजार ७ सय ८४ अर्थात कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्क अनुसार नेपालमा दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसंख्याको ०.१७ प्रतिशत हो ।

दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यकासाथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो ।

भाषा आयोगले अति सिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाशिल गरेको थप उपलब्धी भएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;