निर्णायक आन्दोलन सफल पार्न पहिचान पक्षधरहरु एकीकृत हुने बाटोमा जुट्दै

 लिम्बुवान न्युज
                       


दमक, २ कार्तिक । दोस्रो जनआन्दोलनसँगै जुरुक्कै उठेको पहिचानको आन्दोलन यतिवेला निल्नु न ओकल्नु भएको छ । जनजाति अगुवाहरुको अगुवाईमा जनजाति पार्टी हुँदै राष्ट्रिय जनमुक्ति पार्टी निर्माण र आन्दोलनसँगै उठेको पहिचानको आन्दोलन केही समय निक्कै जर्जर भएतापनि राजाको टिका थापेर सेलाएको निश्कर्षसँगै दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रसँगै संघीयताको पुनरागमन भएको बुझिन्छ ।
धेरैलाई लागेको के हो भने २०५२ देखि शुरु भएको जनआन्दोलन २०६२ को दोस्रो जनआन्दोलनसँगै १० बर्षमा समाप्त भयो । तर, त्यतिमै आन्दोलन समाप्त भएन, किन भने ०६२ पछि उठेको आदिवासी आन्दोलन, लिम्बुवान आन्दोलन, मधेश आन्दोलन र थारुहट आन्दोलनले देशमा आन्दोलनको अर्को मोडल निर्माण गरेको छ । धेरैलाई लागेको थियो पहिचानको आधारमा प्रदेशहरुको नामहरु स्थापना हुन्छ भन्ने थियो तर मधेश आन्दोलनको जगमात्रै बलियो भयो भने अन्य परिकल्पना गरिएको पहिचान सहितको प्रदेशका नामहरु सबै बालुवामा पानी खन्याएजस्तै भएको छ ।


पहिलो प्रदेश सभामा प्रदेश नं. १ को नामाकरण पहिचान पक्षधरहरुको आन्दोलनको जगबाट नाम राख्न सकेन । तर, पुनः दोस्रो प्रदेशसभाको निर्वाचनले भने पहिचान पक्षधरलाई कम्जोर बनायो । यो तितो यथार्थ प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरहरु एकमत हुन नसक्नु । एउटै चुनाव चिन्हमा चुनाव लडन नसक्नु, एक अर्का प्रति विश्वासको वातावरण बनाउन नसक्नु । नेकपा माओवादी लगायत अन्य दलहरुबिच चुनावी तालमेल बन्न नसकेपछि पहिचान विपक्षी दल कांग्रेस र एमाले दुई दलले प्रदेश १ मा दुईतिहाई बहुमत ल्याएपछि अन्ततः प्रदेशको नाम कोशी राख्न सफल भए ।
नामाकरण भए लगत्तै पहिचान पक्षधर पार्टी र नेपाल आदिवासी जनजाति महासंघ लगायत मुख्य जातीय संस्था यायोक्खा, चुम्लुङ, शेर्पा लगायत जातीहरुले प्रदेशको नाम कासी गोत्रिय नेपाल मै नपर्ने कोशी जो भारतमा मात्र भन्ने गरिन्छ । यसरी आएकोमा आपत्ती जनाउँदै प्रदेशको राजधानी विराटनगर केन्द्रित विभिन्न चरणमा शक्ति प्रदर्शन र आन्दोलनहरु गरेको छ तर त्यो आन्दोलन पनि सोचे भन्दा कम्जोर भएको हुँदा प्रदेश नाम राख्ने प्रदेशका ८२ संसादहरुलाई लक्षित विभिन्न कार्यक्रमहरु, मुख्यमन्त्री लगायत लाई प्रदेशका कार्यक्रममा अवरोध गरेतापनि सोचे अनुरुप आन्दोलन उठेको छैन ।
आन्दोलनको क्रममा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले २०७९ चैत्र ५ गते गरेको विराटनगर केन्द्रित बृहत जनप्रदर्शनमा पदम कुमार लिम्बु सुक्वामा लाजेहाङ शहिद भएका छन् । सयौं अंगभङ्ग भएका छन् भने आषिस साम्बा अहिले पनि इलाम कारागारमा थुनिएका छन् । यस्तो अवस्थामा प्रदेशको आन्दोलन कसरी थप मजवुत र शसक्तका साथै निर्णाय बनाउन सकिन्छ भनेर पल्लिो समय पहिचान पक्षधर बुद्धिजिवीहरु एउटा शसक्त राजनैतिक मोर्चा बनाउनु पर्छ अथवा पहिचान पक्षधरहरुको एउटा राजनैतिक संगठन निर्माण गर्नुपर्छ भनेर छलफल शुरु भएको छ ।
पहिचान आन्दोलनलाई स्थपित गर्न पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उद्देश्यले छलफल सुरु हुनुको साथै संयोजन समिति गठन भएको छ ।
किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका अध्यक्ष मधुराज केरुङको समन्वयमा कार्तिक १ गते बिहिबार दमक ४ ताराबारी स्थित होटलमा ‘पहिचान पक्षधरहरुको एकीकृत शक्ति निर्माणको लागि अन्तरसंवाद कार्यक्रम भएको छ ।
कार्यक्रममा पूर्वमन्त्री गोपाल किराती .(पहिचानवादी मोर्चाको कार्यवाहक संयोजकं), पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभियान समितिका संयोजक डकेन्द्रसिह थेगिम, नागरिक उन्मुक्ति पार्टी एकीकरणका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन .(मिराकं), नेपाल जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता सन्तोष मेहेता, त्यसैगरी पहिचान पक्षधर दोस्रो स्तरका नेताहरु लगायतको उपस्थितिमा उक्त सम्वाद कार्यक्रम भएको हो ।
कार्यक्रममा संगठनका प्रमुख नेताहरुले विचार राखेका थिए । विचार राख्ने क्रममा अधिकांश नेतृत्वहरुले एकीकृत शक्ति आवश्यक रहेको बताएपनि मञ्चका अध्यक्ष लिङ्देनले पार्टी विलय गरेर अर्को पार्टी गठन नहुने आन्दोलनको संयुक्त मोर्चामा पार्टी सक्रिय भएर लाग्ने विचार राखेका थिए ।
छलफलमा प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिद्वारा मंसिरदेखि घोषित आन्दोलनलाई शसक्त बनाउन लाग्ने निर्णय भएको छ । आउने स्थानीय निर्वाचनमा इलाम उपनिर्वाचनको मोडलमा तयारी गर्ने, सोही मोडलमा २०८४ मा तयारी गर्नुको साथै समानुपातिक मतलाई मध्येनजर गरेर एकीकृत शक्ति निर्माण गर्नुपर्ने विचार अन्य नेतृत्वहरुले व्यक्त गरेका छन् । पहिचानवादीहरुको आन्दोलनको जगबाट आएको मिश्रित चुनाव प्रणाली अन्तरर्गत समानुपातिक मत रक्षा गर्नको निमित्त पनि पार्टी एकीकरण आवश्यक रहेको हुँदा अहिले देखि नै यस बारे छलफल बहस गरेर एउटा निश्कर्षमा पुग्दै आगामी दिनमा सत्ताधारी ठूला दलहरुले समानुपातिक वा थ्रेस होल्ड प्रतिशत समेत बढाउने गरी संविधान तथा अध्यायदेश ल्याउने सम्भावना प्रवल रहेको हुँदा यसप्रति चनाखो रहन र पहिचान पक्षधर शक्तिलाई एकीकृत गर्न पनि अहिले शक्ति निर्माण गर्न जटि रहेको नेताहरुको जिकीर रहेको छ ।
छलफलपछि पहिचान पक्षधरहरुको एकीकृत शक्ति निर्माणको लागि डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा तीन सदस्यीय अन्तर संवाद समिति गठन गरिएको छ । सो समितिले केहि दिन भित्रै विभिन्न पक्षहरुलाई अन्तर सम्वाद गर्दै शक्ति निर्माणको कार्यदिशा तय हुने बताइएको छ ।
सदस्य सचिवमा कियाचुका प्रदेश अध्यक्ष प्रा. केरुङ, पहिचानवादी मोर्चाका नेता केदार धिमाल सदस्य रहेका छन् । समिति गठन लगतै बसेको बैठकले हरेक संगठनबाट २ जनाको दरले हप्तादिन भित्र प्रतिनिधि पठाउने र नामावली आइसकेपछि घनिभूत छलफल शुरु गर्ने निर्णय समेत भएको संयोजक डकेन्द्रसिंह थेगिमले बताउनु भयो ।
उक्त दिनको महत्वपूर्ण कार्यक्रमले पहिचान पक्षधरहरुमा छाइ रहेको निराशालाई पुनः उर्जा मिलेको अनुभूति भएको युवा नेताहरुले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

दाेस्राे फाल्गुनन्द कप फूटबल शुरू

दमक, १९ कार्तिक । दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता आजबाट सुरु भएकाे छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु भएको हो । महान...

चुम्लुङले युनिक काेड किबाेर्ड गर्याे सार्वजनिक

ललितपुर, १७ कार्तिक । बलिहाङ तङनाम कै समयमा किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले शुक्रबार साँझ जुम मार्फक सार्वजनिक गरेकाे हाे । युनिक कोड सार्वजनिक भएपछि सिरीजंगा...

शत्रुधन चौधरीको अध्यक्षतामा जसपा, नेपाल झापा जिल्ला पुनर्गठित

दमक, १६ कार्तिक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जिल्ला पुनर्गठन भएको हो । शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल...

‘आत्मानन्द कप’ मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

ललितपुर, १६ कार्तिक : १७ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको बिहीबार...