याक्थुङ स्टार उपाधिको दाैडमा रहेकी सुनुवारद्वारा भोटको अपिल

,   लिम्बुवान न्युज
                       

दमक, २ कार्तिक । याक्थुङ स्टार सिजन २ को टप १२ मुन्भधुमी राउन्डमा पुग्न सफल प्रतिस्पर्धी बिजेता सुनुवारले अफुलाई भोट गर्न अपिल गरेकी छन् ।

गैर लिम्बू भएर पनि लिम्बू संस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको मन जित्न सफल विजेता सुनुवारले आफुलाई याक्थुङ स्टार सिजन २ को विजेता बनाउनका लागि सबैलाई भोट गर्न अपिल गरेकी हुन् ।

याक्थुङ भाषा लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराकासाथ आयोजना गरिएको प्रतियोगिताको विजेताले याक्थुङ स्टार सिजन २ को ट्रफीसँगै ४ लाख रुपैयाँ नगद पुरस्कार र एक लाख बाराबरको सुनको सिक्री प्राप्त गर्नेछन् ।

 

यसैगरी फस्ट रनरअपलेपनि फस्ट रनरअपको ट्रफीसँगै नगद २ लाख ५० हजार र र सेकन्ड रनरअपले सेकन्ड रनरअपको ट्रफी सँगै नगद १ लाख ५० हजार पुरस्कार पाउने भएका छन् ।

याक्थुङ स्टार सिजन २ को जजहरुमा सन्चमान ताम्लिङ, सुनिता संयक लिम्बु र प्रमोद मावो लिम्बू रहेका छन् ।

याक्थुङ स्टार सिजन १ को उपाधी भने सिक्किमकी अन्जना नाल्बो लिम्बूले जितेकी हुन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;