मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले प्रदेश १ बाट ४४ जनाकाे उद्दार

,   लिम्बुवान न्युज
                       

दमक, २ कार्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार १६ जनाको उद्धार गरिएको छ ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका विभिन्न स्थानहरुबाट १६ जनाको उद्धार गरिएको हो । जसमध्ये बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि १६ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका ८ जना पुरुष र ८ जना महिलालाई आश्रमको विराटनगर शाखामा लगिएको छ । उद्धार टोली बिहीबार उदयपुर जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार सेवाामा खटिएको हो ।असोज २८ गतेबाट पूर्वको मेचीनगर नपाबाट सुरु भएको यात्राको चौथोदिन कार्तिक १ गतेसम्मको अवधिमा उदयपुरको गाईघाटसम्म आइपुग्दा १नं. प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।

यात्राको पहिलो दिन मेचीनगर नपाबाट ४ जना, बिर्तामोड नपाबाट २ जना, कन्काईबाट २, शिवसताक्षीबाट २, दमकबाट २ गरि झापाबाट १२ जनाको उद्धार गरिएको थियो ।

त्यस्तै यात्राको दोस्रो दिन बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिकाबाट १ गरि मोरङ जिल्लाबाट ४ जना र तेस्रो दिन दुहबीबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना, धरानबाट ४ जना गरि सुनसरी जिल्लाबाट १२ जना र आज उदयपुर जिल्लाबाट १६ गरि १ नं. प्रदेशबाट ४४ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

आज शुक्रबार मधेश प्रदेशका जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना स्वमसेवक परिचालित छन् ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;