झापाकाे कमल सडक खण्डमा दुर्घटना हुँदा एककाे मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, ३ कार्तिक । दमकदेखि पूर्व जाँदै गरेकाे जाँदै गरेकाे प्रदेश १–०१ ००१  ३४३५ नम्बरको यात्रु बसले सोहि दिशातर्फ जाँदै गरेको को १६  ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कमलस्थित रवि पेट्राेल पम्प अगाडि पूर्वपश्चिम लाेक मार्गमा भएकाे साे दुर्घटनाबाट माेरक केराबारीका पदम कुमार राइकाे घटना स्थलमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बसले लगभग १२० मिटर परसम्म मोटेसाइकल चालकलाई घिसारेको थियो 

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी समेत गरेकाे थियाे तर बस पूर्णरूप क्षति हुनबाट जनपथ र शसस्त्र प्रहरीले राेकेकाे थियाे । साे घटनापछि राजमार्ग केही समय अवराेध भएकाे छ । त्यहाँ ठूलो भिड लागेको  बसकाे अगाडी र दुवै तर्फकाे सिसाहरू भने क्षति ग्रस्त भएकाे छ ।

भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। यातायात भने सूचारू भएकाे इलाका प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...