झापाकाे कमल सडक खण्डमा दुर्घटना हुँदा एककाे मृत्यु

,   लिम्बुवान न्युज
                       

दमक, ३ कार्तिक । दमकदेखि पूर्व जाँदै गरेकाे जाँदै गरेकाे प्रदेश १–०१ ००१ ख ३४३५ नम्बरको यात्रु बसले सोहि दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कमलस्थित रवि पेट्राेल पम्प अगाडि पूर्वपश्चिम लाेक मार्गमा भएकाे साे दुर्घटनाबाट माेरक केराबारीका पदम कुमार राइकाे घटना स्थलमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बसले लगभग १२० मिटर परसम्म मोटेसाइकल चालकलाई घिसारेको थियो ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी समेत गरेकाे थियाे तर बस पूर्णरूप क्षति हुनबाट जनपथ र शसस्त्र प्रहरीले राेकेकाे थियाे । साे घटनापछि राजमार्ग केही समय अवराेध भएकाे छ । त्यहाँ ठूलो भिड लागेको छ। बसकाे अगाडी र दुवै तर्फकाे सिसाहरू भने क्षति ग्रस्त भएकाे छ ।

भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। यातायात भने सूचारू भएकाे इलाका प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;