झापाकाे कमल सडक खण्डमा दुर्घटना हुँदा एककाे मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, ३ कार्तिक । दमकदेखि पूर्व जाँदै गरेकाे जाँदै गरेकाे प्रदेश १–०१ ००१  ३४३५ नम्बरको यात्रु बसले सोहि दिशातर्फ जाँदै गरेको को १६  ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कमलस्थित रवि पेट्राेल पम्प अगाडि पूर्वपश्चिम लाेक मार्गमा भएकाे साे दुर्घटनाबाट माेरक केराबारीका पदम कुमार राइकाे घटना स्थलमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बसले लगभग १२० मिटर परसम्म मोटेसाइकल चालकलाई घिसारेको थियो 

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी समेत गरेकाे थियाे तर बस पूर्णरूप क्षति हुनबाट जनपथ र शसस्त्र प्रहरीले राेकेकाे थियाे । साे घटनापछि राजमार्ग केही समय अवराेध भएकाे छ । त्यहाँ ठूलो भिड लागेको  बसकाे अगाडी र दुवै तर्फकाे सिसाहरू भने क्षति ग्रस्त भएकाे छ ।

भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। यातायात भने सूचारू भएकाे इलाका प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...