लेखनाथ चेम्जोङ किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ५ कार्तिक । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुवास गुरुङ, चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ निर्वाचित भएका छन् । यस्तै सचिवमा दिलिप माखिम, सह–सचिवमा लाबुनहाङ केरुङ र तान्छोहाङ फियाक, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षहरूमा रमला साँबा, रमेश सिगु र तान्छोहाङ नेम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी पान्जुम्भोको केन्द्रीय सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, आइन्द्र नेम्बाङ, विपना तबेबुङ, फाङदीप लाओती, शाहिल पराङदेन निर्वाचित भएका छन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले नव निर्वाचित कार्यसमितिलाई नीति निर्देशन सहित शुभकामना दिनु भएको थियो ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष ज्ञानु केदेम लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए ।

पान्जुम्भोको नव निर्वाचित अध्यक्ष चेम्जोङले अध्यक्षमा निर्वाचित गराइएकाेमा आभार प्रकट गर्दै आफ्नाे  प्रतिबद्धता मन्तव्य राखेको थिए ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनको समुद्घाटन सत्रमा किरात धर्म दर्शन र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनु हुने माङसेबुङ २ इलाम निवासी खडग सङबाङफेलाई अभिनन्दन पत्र तथा नगद राशि सहित अभिनन्दन गरिएको थियो ।

यसैगरी किरात धर्म दर्शन र संस्कार संस्कृति अनि किराती गीत संगीतलाई विश्व सामु पु¥याउन निरन्तर योगदान पु¥याउँदै आएकी पान्जुम्भोको पूर्व केन्द्रीय कलाकार मिक्लाजुङ टाँडी मोरङ निवासी गायिका सुनिता मिभकलाई सम्मान पत्र तथा नगद राशि सहित सम्मान गरिएको थियो । भने, पान्जुम्भोको केन्द्रीय कलाकार र सहयोगी कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि सम्मान स्वरुप कदरपत्र तथा धन्यबाद पत्रद्धारा सम्मान गरेको थियो ।

सम्बन्धित समाचार

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...

युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको...

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...