लेखनाथ चेम्जोङ किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, ५ कार्तिक । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुवास गुरुङ, चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ निर्वाचित भएका छन् । यस्तै सचिवमा दिलिप माखिम, सह–सचिवमा लाबुनहाङ केरुङ र तान्छोहाङ फियाक, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षहरूमा रमला साँबा, रमेश सिगु र तान्छोहाङ नेम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी पान्जुम्भोको केन्द्रीय सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, आइन्द्र नेम्बाङ, विपना तबेबुङ, फाङदीप लाओती, शाहिल पराङदेन निर्वाचित भएका छन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले नव निर्वाचित कार्यसमितिलाई नीति निर्देशन सहित शुभकामना दिनु भएको थियो ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष ज्ञानु केदेम लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए ।

पान्जुम्भोको नव निर्वाचित अध्यक्ष चेम्जोङले अध्यक्षमा निर्वाचित गराइएकाेमा आभार प्रकट गर्दै आफ्नाे  प्रतिबद्धता मन्तव्य राखेको थिए ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनको समुद्घाटन सत्रमा किरात धर्म दर्शन र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनु हुने माङसेबुङ २ इलाम निवासी खडग सङबाङफेलाई अभिनन्दन पत्र तथा नगद राशि सहित अभिनन्दन गरिएको थियो ।

यसैगरी किरात धर्म दर्शन र संस्कार संस्कृति अनि किराती गीत संगीतलाई विश्व सामु पु¥याउन निरन्तर योगदान पु¥याउँदै आएकी पान्जुम्भोको पूर्व केन्द्रीय कलाकार मिक्लाजुङ टाँडी मोरङ निवासी गायिका सुनिता मिभकलाई सम्मान पत्र तथा नगद राशि सहित सम्मान गरिएको थियो । भने, पान्जुम्भोको केन्द्रीय कलाकार र सहयोगी कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि सम्मान स्वरुप कदरपत्र तथा धन्यबाद पत्रद्धारा सम्मान गरेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;