दमक भ्यू टावर संचालन बारे छलफल

,   लिम्बुवान न्युज
                       


दमक, ८ कार्तिक । झापाको दमकमा अर्वौको लागतमा निर्मित भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स)को संचालन बारे छलफल भएको छ । सहरी विकासका निर्देशक तेज बहादुर राईको उपस्थितिमा दमक नपामा छलफल भएको हो ।

छलफलमा कार्यवाहक नगर प्रमुख रेगिना भट्टराइले राज्यको अरबौं लगानी रहेको भ्यू टावर राष्ट्र कै सम्पति हो । उनले भनिन दमक नगरपालिका र प्रदेश नं. १ कै सम्पति भएको हुँदा छिटो भन्दा छिटो सन्चालन गरेर लगानिलाई प्रतिफलमा परिणत गर्न सरकारका तिनै तहले गम्भीर रूपमा लिनु पर्ने बताएकी छिन् ।

दमक नपाको सभाहलमा भएको बैठकमा दमक नपाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज कार्की, दमक वडा नं.३ का अध्यक्ष नविन बराल, दमक वडा नं. ७ अध्यक्ष भीम पौडेल, ई.अनन्त सेनेहाङ, ई गणेश गुरुङ, सहरी विकास तथा भवन निर्माण विभाग इलाममा डिभिजन प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

छलफल पश्चात दमक भ्यू टावर तथा सभा गृहको समेत स्थलगत अवलोकन गरिएको नगरपालिका स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;