पहिचानवादीहरुले आशिष साम्बालाइ कारागारमा भेटेः पुनरावेदन जाने

 लिम्बुवान न्युज
                       

दमक, १० कार्तिक ।  कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्तबहादुर लिम्बू (आशिषं) लाई ८ बर्ष जेल र करिव ७ लाख बिगो जरिवानाको आदेश तोकिएपछि आन्दोलनरत संगठनका नेताहरुले राज्य पक्ष देशलाई भिडन्ततिर लैजान चाहेको बताएका छन् । प्रदेश सभाले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि सोही दिनदेखि प्रदेश नं १ मा निरन्तर आन्दोलन चलिरहेको छ ।

आन्दोलनको नेतृत्व गर्दै आएको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोशी नामको लेटरहेड, छाप र बोर्डहरु नचलाउन आव्हान गर्दै जवरजस्ति भएको स्थानमा हटाउने निर्णय गरेर कार्यक्रम गर्दै आएको छ ।

सोही निर्णयको आधारमा इलामको माङ्सेबुङ गाउँपालिका—५ नं वडा कार्यालयमा हस्तबहादुर लिम्बू (आशिषं) ले २०७९ चैत्र ९ गते राति १०ः३० बजे लेटर प्याड आगजनि गरेका थिए । राति साढे १० बजेसम्म तत्कालीन वडा सचिव माधव अधिकारीले कार्यालय खुल्लै राखेका थिए । उनलाइ भने कुनै कारबाही भएन ।

जिल्ला अदालत इलामका न्यायाधिश केशवप्रसाद घिमिरेद्वारा गरिएको फैसलाको ठहर खण्डमा पहिचानको आधारमा नाम नराखिएकाले चलिरहेको आन्दोलनको क्रममा आशिषले आगजनि गरेको उल्लेख छ । वडामा आगजनि गर्नुभन्दा चार दिन अघि चैत्र ५ गते विराटनगरमा भएको वृहत प्रदर्शन र झडप भएको थियो । विराटनगर प्रदर्शनमा आशिष घाइते भएका थिए ।

माङ्सेबुङ—३ का ३९ बर्षीय आशिषलाई प्रहरीले २०७९ चैत्र २१ गते पक्राउ गरेर अपराधिक उपद्रव र चोरी मुद्धा चलाएको थियो । दुई वटा मुद्धामा जिल्ला अदालत इलामले हस्तबहादुर लिम्बू ९आशिष०लाई ८ बर्ष जेल र ६ लाख ७४ हजार ९२५ जरिवाना गर्ने निर्णय गरेको छ ।

आशिष बारे बुझन शुक्रबार  कार्तिक ९ गते लिम्बूका दाजु पहिचानवादी नेता लोकसागर साम्बा, किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, नागरिक उन्मुक्ति पार्टीको पूर्ब उपाध्यक्ष अशोक चेम्जोङ, वर्तमान उपमहासचिव दिलकुमार लावती, इलामबाट यायोक्खा उपमहासचिव कृष्ण राई, जिल्ला अध्यक्ष पुष्पा राई, किरात याक्थुङ चुम्लुङ इलाम जिल्ला अध्यक्ष बुद्ध लिम्बू, सचिव राम लावती लगायत इलाम कारागार पुगेका थिए ।

भेटघाटपछि टोलीले जिल्ला अदालत र आशिषको पक्षबाट मुद्धा हेर्दै आएका कानुन व्यवसायी यामप्रसाद लिम्बूसँग परामर्स लिएका थिए । छलफल र परामर्सपछि नेताहरुले आशिषको पक्षमा कानुनी पुनरावेदन गरी राजनीतिक रुपमा लड्ने बताएका छन् ।

राज्य पक्षले भिडन्त चाहेको आन्दोलनरत पक्षको भनाइ

२०८० माघ २६ गते भएको प्रदेश सरकार र आन्दोलनरत पक्षको वार्तामा भएको पाँच बुँदे निर्णयको ४ नंबुँदामा कारागारमा रहेका सम्पूर्ण बन्दी रिहाइ, मुद्धा फिर्ता गर्ने सहमति भएको थियो ।

सहमति कार्यान्वयन नगरेर आशिष लिम्बूलाई ८ बर्षको जेल सजाय सुनाउने कार्यले राज्य पक्ष प्रदेशलाई भिडन्ततिर लान चाहेको संघर्ष समिति सम्बद्ध पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले बताए ।

आन्दोलनमा ४२ बर्षिय पदम लिम्बू (लाजेहाङ०) को मृत्यु भएको छ भने गजेन्द्र फागोको घुँडामा गोली लागि हालसम्म घाइते भएका छन् । दिक्षा क्षेत्री लगायत १५० भन्दा बढी घाइते छन भने २५० बढीलाई झुटा मुद्धा लगाइएको छ ।

सरकारसँगको वार्तामा बन्दी रिहाइ, घाइतेको उपचार र झुटा मुद्धा फिर्ता लिने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्नुको साटो सरकार जेल परेका आशिष लिम्बूलाई ८ बर्ष जेल राख्ने निर्णयले राज्य पक्ष आन्दोलनरत पक्षलाई आक्रोसित पार्न खोजेको पहिचानको लागि युवाका सहसंयोजक एबिराज लिम्बूको भनाइ छ ।

सरकार र आन्दोलनरत पक्षवीचको सहमतिमा कोशी नाम पुन नामकरणको लागि दुबै पक्षबाट पहल गर्ने निर्णय भएपनि सरकार जनतालाई थप आक्रोशित बनाउने निर्णयहरु गर्दै आएपछि मंसिर २ गतेदेखि विराटनगरमा जनप्रदर्शनपछि नयाँ चरणको आन्दोलन गर्ने निर्णय भएको छ ।

बुबा जेल परेपछि तीन छोराछोरीको शैक्षिक यात्रामा समस्या

आशिष लिम्बूको दुई छोरी र एक छोरा रहेका छन् । बोर्डिङ स्कुलमा कक्षा १०, ५ र ४ मा अध्ययन गर्दै आएका छन् । बाउ आशिष लिम्बू जेल परेपछि तीनै जना छोराछोरीको शैक्षिक यात्रामा नकारात्मक प्रभाव पर्दै आएको छ ।

बुबा जेल परेपछि बोर्डिङ स्कुलको शुल्क लगायत शैक्षिक सामाग्री परिपूर्तिमा आमा एक्लैलाई समस्या भएपछि शैक्षिक यात्रामा गम्भीर कठिनाइ उत्पन्न भइरहेको पुन नामकरण संयुक्त संघर्ष समितिमा रहेका नागरिक उन्मुक्ति पार्टीका उपमहासचिव दिलकुमार लावतीले बताए ।

निजी विद्यालयमा तीन जनाको शैक्षिक शुल्क, आवास र खाद्यन्न गरेर वार्षिक ७ लाख बढी खर्चहुने आमा एक्लैलाई जुटाउन नसक्ने भएपछि शैक्षिक यात्रामा कडिनाइ उत्पन्न भएको हो ।

छाेराछाेरीकाे सहजताकाे लागी अर्जुन जम्नेली संयाेजक, दिलकुमार लावती र सञ्जय राइ सदस्य रहेकाे संघर्ष समितिले एउटा समिति बनाएकाे र साे समितिले गृहकार्य शुरू गरिरहेकाे संयाेजक जम्नेलीले बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...