जुवा अखडा बन्दै उर्लाबारी

,   लिम्बुवान न्युज
                       


उर्लाबारी, १३ कार्तिक । अहिले चाडवाडको रौनक जताततै छ । नेपालीहरुको मुख्य चाडपर्व दशै, तिहार लगायत मुख्य चाड हुन् । जब चाडबाड सुरु हुन्छ मोरङको उर्लाबारीको मंगलबारे क्षेत्र जुवाडेहरुको अखडा बन्ने गरेको छ । बर्षौ देखि चलिआएको यो क्रियाकलाप अहिले पनि चलिनै रहेको स्थानीय बताउँछन् । स्थानीयहरु पनि आजित भएर त्यस क्षेत्रमा अञ्जान मान्छेहरुको आवतजावत हुँदा खासै वास्ता गरको पाइदैन ।
बेलुका हुँदै गएपछि त्यहाँ सलबलाउने जुवाडेहरु बिहानको आठ बजेसम्म उक्त क्षेत्रको वरपर रुमलिन्छन र फर्किन्छ । एकै रातमा करोडौको हारमार हुने जुवा खेलले मंगलबारेमा पछिल्लो समय पुर्व नेपालको सबैभन्दा ठुलो जुवा अखडा बनेको छ भन्दा अचम्म मान्नु पर्ने कुनै कुरा छैन ।
राजनीतिक संरक्षणमा रहेका त्यस जुवाखालका नाइकेले नै नेपाल र भारतको जुवाडेहरु भेलापारी करोडौको खेल खेलाउने गरेका स्थानीय एक व्यक्ति नाम नखुलाउने सर्तमा बताउँछन् । उर्लाबारी मंगलबारेकै बासिन्दा अर्जुन तुम्रोक जुवाका नाइके रहेको उनी वताउँछन् । खेलाडीहरुलाई स्कटिङ गरेर ल्याउने खेलाउने र सम्बन्धित ठाउँसम्म पुराइदिने नाइकेलेनै गर्छन् । उनिसंग स्थानीय युवा लगायत चलेका गुण्डा देखि लिएर ठुलठुला डनहरुसम्मको साथ रहेको वताइन्छ । यस वापत उनले मोटै रकम बाड्ने गरेको बुझिन्छ ।
हातहतियारसहित सुरक्षागार्ड र सुचना दिने स्थानीय युवाहरु प्रयोग गरि तुम्रोकले खेल आयोजना गर्ने गरेको वताउछन । उनले एक स्थानमात्र नभई समय र चाडवाड अनुसार जुवा खेल्ने स्थान पनि फेर्ने गरेको वताउछन । जुवा ले धेरैको घरबार सकिएको मात्र हैन धेरैले सम्पत्ति सकेका छन । तर, जुवाका नाइके भने मालामाल हुने गरेको उनि वताउँछन् ।
यसरी वर्षौ देखि चल्दै आएको तुम्रोकको चर्तिकलामा स्थानीय चु बोल्न सक्दैनन् । आवाज उठाइहाले साम–दाम दण्ड–भेद प्रयोगगरि जसरीपनि साम्य पार्न उनी सिपालु भएको समेत उनले बताए ।
मोरङको प्रहरी सरुवा प्रकरणमा पनि तुम्रोककै नाम बेलाबेला जोडिएर आउने गरेको छ । मोरङ प्रहरीमा शक्ति केन्द्र प्रयोग गरि आफू अनुकुलको व्यक्ति ल्याउने गरेको स्रोतबाट बुझिएको छ । मोरङ जिल्ला प्रहरी प्रमुख फेरिन्न साथ उनी कार्यालयमा पुगेर आफ्नो अनुकुल बनाउने गरेको स्रोतले बताएको छ ।
नाईके भनिने तुम्रोकले उर्लाबारी इलाका प्रहरी प्रमुखलाई त औलामा पनि नगन्ने स्रोतले बताएका छन् । बेलैमा प्रहरी प्रशासनले यो कुरामा ध्यान नदिए यस क्षेत्रका उद्योगी व्यपारी लगायत सयौंले जुवा खेलेर करोडौं रकम स्वाहा पार्ने प्रष्ट बुझिन्छ ।

 

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;