प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

दमक, असोज १६ — झापाको दमकमा जारी ‘कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३’ अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित बेलडाँगी खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा चन्द्रगढीले मिक्लाजुङ भेट्रान क्लब पाँचथरलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा पक्का गरेको हो।

दमक भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो दिन चन्द्रगढीको आक्रमक खेल सामु मिक्लाजुङ निरुपाय बनेको थियो।

पहिलो हाफमा अग्रता, दोस्रो हाफमा गोलको वर्षा

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको अन्तिम मिनेटमा चन्द्रगढीका कप्तान प्रेम लिम्बूले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिए पनि दोस्रो हाफमा चन्द्रगढी थप आक्रामक रणनीतिसाथ मैदान उत्रियो।

दोस्रो हाफको सुरुवातदेखि नै दबाब बनाएको चन्द्रगढीका लागि: ६ औँ मिनेटमा: मित्र बसन्तले दोस्रो गोल गरे। ११ औँ मिनेटमा युगल किशोर राईले तेस्रो गोल थपे। १६ औँ मिनेटमा सुवास खड्काले टोलीका लागि चौथो गोल दर्ता गरे। त्यसैगरी १८ औँ मिनेटमा कप्तान प्रेम लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ५–० को फराकिलो र सानदार जित सुनिश्चित गरे।

प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा क्वाटरफाइनल खेलहरू हुने छ । पहिलो क्वाटरफाइनल विर्तामोड भेट्रान विरुद्ध आयोजक दमक (निलो) र दोस्रो क्वाटरफाइनल ढल्केजोवन उर्लाबारी विरुद्ध आयोजक दमक (रातो) बिच हुनेछ ।

असोज १५ गतेदेखि सुरु भई असोज २१ गतेसम्म सञ्चालन हुने यस प्रदेशस्तरीय प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार र उपविजेताले नगद रु. ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएकाे छ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

;