प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

दमक, असोज १६ — झापाको दमकमा जारी ‘कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३’ अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित बेलडाँगी खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा चन्द्रगढीले मिक्लाजुङ भेट्रान क्लब पाँचथरलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा पक्का गरेको हो।

दमक भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो दिन चन्द्रगढीको आक्रमक खेल सामु मिक्लाजुङ निरुपाय बनेको थियो।

पहिलो हाफमा अग्रता, दोस्रो हाफमा गोलको वर्षा

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको अन्तिम मिनेटमा चन्द्रगढीका कप्तान प्रेम लिम्बूले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिए पनि दोस्रो हाफमा चन्द्रगढी थप आक्रामक रणनीतिसाथ मैदान उत्रियो।

दोस्रो हाफको सुरुवातदेखि नै दबाब बनाएको चन्द्रगढीका लागि: ६ औँ मिनेटमा: मित्र बसन्तले दोस्रो गोल गरे। ११ औँ मिनेटमा युगल किशोर राईले तेस्रो गोल थपे। १६ औँ मिनेटमा सुवास खड्काले टोलीका लागि चौथो गोल दर्ता गरे। त्यसैगरी १८ औँ मिनेटमा कप्तान प्रेम लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ५–० को फराकिलो र सानदार जित सुनिश्चित गरे।

प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा क्वाटरफाइनल खेलहरू हुने छ । पहिलो क्वाटरफाइनल विर्तामोड भेट्रान विरुद्ध आयोजक दमक (निलो) र दोस्रो क्वाटरफाइनल ढल्केजोवन उर्लाबारी विरुद्ध आयोजक दमक (रातो) बिच हुनेछ ।

असोज १५ गतेदेखि सुरु भई असोज २१ गतेसम्म सञ्चालन हुने यस प्रदेशस्तरीय प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार र उपविजेताले नगद रु. ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएकाे छ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;