सागर केरूङकाे लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक
आइतबार, १६ कार्तिक, २०७७ बिहानको ०५:५२ बजे,
लिम्बुवान न्युज
फेदेन। एक पछि अर्को चर्चित भिडियोहरु निर्देशन गर्दै आएका सागर केरुङकाे निर्देशनमा शनिबार लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक भएको छ ।
पान्थरको नाम्फुन्यक (लब्रेकुटी), तिलिजङ (सिलाैटी), थाक्के माङहिम (थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायत पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायांकन भएको म्युजिक भिडियोको छायांकन सञ्जय आचार्यले गरेका हुन् ।
चन्द्रकला सांवाको निर्माण रहेको भिडियोमा अमृता जबेगु, आदर्श आङ्देम्बे, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, मनेन्द्र केरुङ, मनकुमार केरुङ, लक्ष्मण तामाङ, धनकुमारी योङ्हाङ लावती, बिक्रम राई, नरबहादुर लावती रहेका छन । प्रेम पन्धाकको शब्द/संगीत रहेको उक्त गीतमा सुनिता सुब्बा र किरन एक्तेनको स्वर रहेको छ ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...