सागर केरूङकाे लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक

 लिम्बुवान न्युज
                       

फेदेन। एक पछि अर्को चर्चित भिडियोहरु निर्देशन गर्दै आएका सागर केरुङकाे निर्देशनमा शनिबार लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक भएको छ ।

पान्थरको नाम्फुन्यक (लब्रेकुटी), तिलिजङ (सिलाैटी), थाक्के माङहिम (थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायत पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायांकन भएको म्युजिक भिडियोको छायांकन सञ्जय आचार्यले गरेका हुन् ।

चन्द्रकला सांवाको निर्माण रहेको भिडियोमा अमृता जबेगु, आदर्श आङ्देम्बे, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, मनेन्द्र केरुङ, मनकुमार केरुङ, लक्ष्मण तामाङ, धनकुमारी योङ्हाङ लावती, बिक्रम राई, नरबहादुर लावती रहेका छन । प्रेम पन्धाकको शब्द/संगीत रहेको उक्त गीतमा सुनिता सुब्बा र किरन एक्तेनको स्वर रहेको छ ।

(भिडियाे)

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...