सामाजिक व्यत्तित्व खगेन्द्र जबेगु कोरोनासँग हारे

 लिम्बुवान न्युज
                       

काठमाठाैं।  पाँचथरकाे लिम्बु कुलमा जन्मिएका सामाजिक, शालीन तथा बौद्धिक व्यक्ति खगेन्द्र जबेगु शनिबार राति कोरोना भाइससंग हार स्विकार गर्दै संसारबाट विदा लिएका छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा उनको निधन भएको हो ।

अस्वस्थ्य भएपछि जबेगुलाइ यहि कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो ।

सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएपनि असहज भएपछि उनलाई नर्भिक अस्पतालमा सारिएको थियो ।

शालीन र बौद्धिकता मात्र नभएर आकर्षक शारीरिक बनावट समेत भएका जबेगु लिम्बु समुदायको पहिलो कलाकार समेत हुन् । उनले ‘जीवन रेखा’ नामक नेपाली चलचित्रमा अभिनय गरेका थिए ।

पाँचथर पुख्यौली घर भएपनि पछिल्लो समय काठमाडौं घट्टेकुलो निवासी जबेगु विभिन्न सामाजिक संस्थाहरुमा अाबद्द रहेर पहिचानको आन्दोलनमा जोडिएका थिए ।

उनकाे अाइतबार नेपाली सेनामार्फत दाहसंस्कार आजै गरिने छ । कोरोना संक्रमितको मृत्यु भए दाहसंकार सेनाले गर्दै आएको छ ।

जबेगुको निधनप्रति सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;