झापामा आठ पत्रकार कोरोना संक्रमित, पाँचले जिते, तीन जना होम आइसोलेसनमा

 लिम्बुवान न्युज
                       

दमक। कोरोना भाइरसका कारण विश्वमा लाखौंले ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय अग्रस्थानमा खटिएर सूचना प्रवाह गर्ने संचारकर्मी समेत संक्रमित हुने क्रम बढ्दो छ ।

झापा जिल्लामा मात्रै आठ पत्रकार कोरोना संक्रमित भएका छन् । जसमध्ये पाँच जनाले कोरोना जितेका छन् । कोरोना जित्ने पत्रकारहरुमा दयाराम दाहाल (सुलभ), भूपाल लुइँटेल, रमेश तिवारी, केशव भट्टराई र जिएन शर्मा रहेका छन् । हाल तीन जना पत्रकार होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमण देखिएपछि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, कान्तिपुर टिभीका झापा संवाददाता गणेशमान मुखिया र पाथिभरा एफएमका सचार प्रमुख लोकनाथ रिजाल होम आइसोलेसनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकसँग परामशं गरिरहेको बताइएको छ । सापकोटा झापाको शिवसताक्षीस्थित मूल घर, मुखिया विर्तामोडस्थित घर र रिजाल मोरङस्थित घरमा रहेका छन् ।

पछिल्लो समय झापा सहित देशभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ । कोरोना जितेका पत्रकारहरुले आत्मबल बलियो बनाउन र आफ्नो स्वास्थ्यको ख्याल गर्न सबैमा आग्रह गरेका छन् ।

यसै बिच पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । उनले संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रदेश १ मा हालसम्म ७० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले जनाएका छन् ।

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...