झापामा आठ पत्रकार कोरोना संक्रमित, पाँचले जिते, तीन जना होम आइसोलेसनमा

 लिम्बुवान न्युज
                       

दमक। कोरोना भाइरसका कारण विश्वमा लाखौंले ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय अग्रस्थानमा खटिएर सूचना प्रवाह गर्ने संचारकर्मी समेत संक्रमित हुने क्रम बढ्दो छ ।

झापा जिल्लामा मात्रै आठ पत्रकार कोरोना संक्रमित भएका छन् । जसमध्ये पाँच जनाले कोरोना जितेका छन् । कोरोना जित्ने पत्रकारहरुमा दयाराम दाहाल (सुलभ), भूपाल लुइँटेल, रमेश तिवारी, केशव भट्टराई र जिएन शर्मा रहेका छन् । हाल तीन जना पत्रकार होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमण देखिएपछि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, कान्तिपुर टिभीका झापा संवाददाता गणेशमान मुखिया र पाथिभरा एफएमका सचार प्रमुख लोकनाथ रिजाल होम आइसोलेसनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकसँग परामशं गरिरहेको बताइएको छ । सापकोटा झापाको शिवसताक्षीस्थित मूल घर, मुखिया विर्तामोडस्थित घर र रिजाल मोरङस्थित घरमा रहेका छन् ।

पछिल्लो समय झापा सहित देशभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ । कोरोना जितेका पत्रकारहरुले आत्मबल बलियो बनाउन र आफ्नो स्वास्थ्यको ख्याल गर्न सबैमा आग्रह गरेका छन् ।

यसै बिच पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । उनले संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रदेश १ मा हालसम्म ७० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले जनाएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...