दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
माङसेबुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
माङसेबुङ युथ सोसाइटीको आयोजनामा ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा अनलाइन बक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको हो ।
सामाजिक सञ्जालमार्फत शनिबार सार्वजनिक गरिएको बिज्ञप्तिमा प्रतियोगीतामा सहभागी हुने पतिस्पर्धिहरुले युथ सोसाइटीको अफिसियल मेल mangsebungyouthsociety@gmail.com मा भिडियो पठाएर सहभागिता जनाउन अनुरोध गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समय युवा पुस्ता र सबै पक्षमा टाडा बनाइरहेको अवस्थामा न्यू मिडियाले संसारलाई नजिक बनाइरहेको र यस्कोे प्रयोगकर्ताको संख्या त्यतिकै बढिरहेको अवस्थामा यस्तो कार्यक्रम उपयूक्त हुने भएकोले आयोजना गर्न लागिएको माङसेबुङ युथ सोसाइटीका सचिव सन्जीत लाओती बताए ।
अनलाइन वक्तृत्वकलाको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार ३५, २ हजार ३५ र १ हजार ३५ नगद पुरस्कार प्राप्त गर्ने माङसेबुङ युथ सोसाइटीका अध्यक्ष यलम्बर लाओतीले बताए ।
अध्यक्ष लाओतीका अनुसार बक्तव्य भिडियो ५ मिनेटको हुनुपर्ने, र यहि कातिक २३ गते सम्ममा पठाई सक्नुपर्ने जनएको छ ।
उनका अनुसार विजेताको घोषना भने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ ३ मा अवस्थित महागुरुको शालिकमा आयोजित कार्यक्रमबाट गरिने सोहिदिन पुरस्कार वितरण गर्नै जनाएको छ ।

दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...