संक्रमण बढेसँगै दमकमा पुनः लकडाउन गर्ने तयारी

 लिम्बुवान न्युज
                       

दमक–झापाको दमक नगरपालिकाले पुनः लकडाउन गर्ने तयारी गरेको छ । त्यसका लागि दमक नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, व्यवसायी सँग अन्तकृया गर्ने भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संक्रमणको दर दैनिक बढेसँगै सर्तकता अपनाउन आवश्यक रहेको बताए । हिमशिखर टेलिभिजनसँग नगर प्रमुखले जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताए ।

यद्यपी, जिल्लाभरीको अवस्था हरेर जिल्ला समन्वय समितिले केही निर्णय गर्न सक्छ, उनले भने, दमकको हकमा हामीले जिल्ला पर्खने छैनौ, लकडाउन गर्नेर नगर्ने निर्णय गछौँ ।

प्रमुख ओलीले कोभिड १९ को सचेतना जगाउनका लागि शिक्षक सहित स्वास्थ्यकर्मी परिचालन गर्ने बिषयमा समेत छलफल भइरहेको बताए । उनले उच्चतम सावधानी अपनाउन आग्रह गरेका छन् ।

नगर प्रमुख ओलीका अनुसार नगरपालिकाले सबैको परामर्शमा पुनः लकडाउन गर्ने तयारी गरेको छ । सबैले दुई साता सम्म बन्द गरौँ भन्ने सुझाव दिएका छन्, उनले भने, हामी तत्कालै निर्णयमा पुग्ने छौ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सीनाका अनुसार भोली राजनीतिक दलसँग कोरोना रोकथाम नियन्त्रणका बिषयमा अन्तकृया गरिने छ ।

दमकमा अहिले सम्म ४१९ संक्रमित भएका छन भने आइतबार मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;