संक्रमण बढेसँगै दमकमा पुनः लकडाउन गर्ने तयारी

,   लिम्बुवान न्युज
                       

दमक–झापाको दमक नगरपालिकाले पुनः लकडाउन गर्ने तयारी गरेको छ । त्यसका लागि दमक नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, व्यवसायी सँग अन्तकृया गर्ने भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संक्रमणको दर दैनिक बढेसँगै सर्तकता अपनाउन आवश्यक रहेको बताए । हिमशिखर टेलिभिजनसँग नगर प्रमुखले जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताए ।

यद्यपी, जिल्लाभरीको अवस्था हरेर जिल्ला समन्वय समितिले केही निर्णय गर्न सक्छ, उनले भने, दमकको हकमा हामीले जिल्ला पर्खने छैनौ, लकडाउन गर्नेर नगर्ने निर्णय गछौँ ।

प्रमुख ओलीले कोभिड १९ को सचेतना जगाउनका लागि शिक्षक सहित स्वास्थ्यकर्मी परिचालन गर्ने बिषयमा समेत छलफल भइरहेको बताए । उनले उच्चतम सावधानी अपनाउन आग्रह गरेका छन् ।

नगर प्रमुख ओलीका अनुसार नगरपालिकाले सबैको परामर्शमा पुनः लकडाउन गर्ने तयारी गरेको छ । सबैले दुई साता सम्म बन्द गरौँ भन्ने सुझाव दिएका छन्, उनले भने, हामी तत्कालै निर्णयमा पुग्ने छौ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सीनाका अनुसार भोली राजनीतिक दलसँग कोरोना रोकथाम नियन्त्रणका बिषयमा अन्तकृया गरिने छ ।

दमकमा अहिले सम्म ४१९ संक्रमित भएका छन भने आइतबार मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;