दमककी लमु तामाङको मृत्यु कोरोनाबाट भएकाे हाेइन परिवार

 लिम्बुवान न्युज
                       

दमक । कोरोना संक्रमणबाट झापा दमककी एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार प्रति परिवारले गुनासो गरेका छन् ।

दमक ८ घर भएकी ६५ वर्षिया लमु तामाङको मृत्यु कोरोनाबाट मृत्यु भएको भनी सञ्चारमाध्यममा प्रकाशित,प्रसारित समाचार प्रति मृतकका परिवारले आपत्ति जनाएका हुन् । दमकको आम्दा अस्पतालमा लामो समय काम गरेर अवकास भएकी उनको गत आइतवार विराटनगरको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

उपचार अघि गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपनि उपचारका क्रममा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि दमक नगरपालिकाको स्वास्थ्य शाखाले मृतकलाई संक्रमणबाट नै मृत्युभएको सार्वजनिक गरेको थियो । स्वास्थ्य शाखाका कुवेर भट्टराईले प्राविधिक भूलवस हुन पुगेको भन्दै सुधार गरिएको प्रष्टयाए । ती मृतकलाई कोरोना संक्रमणवाट मृतकको सूचिवाट हटाइएको उनले जनाए । दमकमा हालसम्म संक्रमणवाट १८ जनाको ज्यान गएको छ ।यसैवीच, मृतकको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । मृतकका छोराछोरी हाल वेलायत रहेकाले आए लगत्तै अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;