दमक बेलुकी ४ देखि बिहान ८ बजे सम्म बन्द गरिने

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा भोली (बुधबार)देखि आशिंक लकडाउन हुने भएको छ ।
नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि हाइवेसंग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कुराहरुलाई मध्यनजर राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय तर पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने किसिमको निर्णय गरिएको बताइन । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधि भित्र पूर्ण रुपमा बजार पसल तथा हिंडडुलमा रोक लगाइएको प्रवक्ता अधिकारीको भनाई छ । बैठकले वडा वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरेर कोरोना संक्रमितहरुको अवस्थाबारे बुझने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने, बेलडागीमा निर्माणाधिन कोभिड अस्पताल आउने आइतबार सम्ममा सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।

नगरपालिकाले त्यहा ३० बेडको कोभिड अस्पताल निर्माण गरिरहेको छ । सो अस्पतालमा अक्सिजनसहितको उपचार सेवा सूचारु गरिने उपप्रमुख अधिकारीले बताइन । यस अघि दमकमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञासहितको बन्दाबन्दी गर्नुपर्ने सुझाव राखेका थिए । दमक उद्योग वाणिज्य संघले निजी क्षेत्रसंगको सहकार्यमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनको समेत प्रस्ताव गरेको संघका अध्यक्ष गोकुल श्रेष्ठले जनाए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...