दमक बेलुकी ४ देखि बिहान ८ बजे सम्म बन्द गरिने

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा भोली (बुधबार)देखि आशिंक लकडाउन हुने भएको छ ।
नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि हाइवेसंग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कुराहरुलाई मध्यनजर राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय तर पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने किसिमको निर्णय गरिएको बताइन । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधि भित्र पूर्ण रुपमा बजार पसल तथा हिंडडुलमा रोक लगाइएको प्रवक्ता अधिकारीको भनाई छ । बैठकले वडा वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरेर कोरोना संक्रमितहरुको अवस्थाबारे बुझने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने, बेलडागीमा निर्माणाधिन कोभिड अस्पताल आउने आइतबार सम्ममा सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।

नगरपालिकाले त्यहा ३० बेडको कोभिड अस्पताल निर्माण गरिरहेको छ । सो अस्पतालमा अक्सिजनसहितको उपचार सेवा सूचारु गरिने उपप्रमुख अधिकारीले बताइन । यस अघि दमकमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञासहितको बन्दाबन्दी गर्नुपर्ने सुझाव राखेका थिए । दमक उद्योग वाणिज्य संघले निजी क्षेत्रसंगको सहकार्यमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनको समेत प्रस्ताव गरेको संघका अध्यक्ष गोकुल श्रेष्ठले जनाए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;