कांग्रेसले ३ दिन पार्टी झण्डा आधा झुकाउने

 लिम्बुवान न्युज
कांग्रेसले ३ दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आमन्त्रिक केन्द्रीय सदस्य तथा संघीय संसद सूर्यबहादर केसीको निधनको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ ।

पोखरा महानगरपालिका ७ कास्कीका केसीको सोमबार राती निधन भएको थियो । कांग्रेसको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसले १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय, सबै जिल्ला कार्यालय र स्थानीय तहका कार्यालयहरुमा पार्टीको झण्डा आधा झुक्याउने, १९ गते कार्यालय बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

चाक्सिबोटेमा लिम्बुवानको अन्तरक्रिया तथा राजनीतिक एजेण्डा वितरण

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली ताप्लेजुङ् पाथीभरा याङ्वरकको चाक्सिबोटेमा पुगेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराक नेतृत्वको टोलीले दुई महिना अघि देखि निरन्तररुपमा मञ्चको राजनीति एजेण्डालाई गाउँगाउँमा पु¥याउने अभियानको रुपमा...

फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ । शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष...

सिदिङबामा लिम्बुवान मञ्चको जनसभा, लिम्बुवान विखण्डनकारी होइन— लिङदेन

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सिदिङबा गाउँपालिकाले जनसभा गरेको छ । आज (मंगलबार) भञ्ज्याङ माविको प्राङ्गणमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । सभालाई...

प्रतिनिधिसभा विघटन बदर, १३ दिन भित्र संसद बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिसभा विघटनलाई बदर गरेको छ । पैसठ्ठी दिन लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर...