शेर्पा र तामाङ्सालिङकाे संयुक्त भित्ते पात्रो सार्वजनिक

,   लिम्बुवान न्युज
                       

काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा मञ्च र तामाङ्सालिङ् मञ्चले कोरोनाका कारण ढिलै भएपनि संयुक्त रुपमा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरे जनाएको छ ।

मञ्चको संघीय कार्यालय काठमाडौंमा शेर्पा मञ्चका अध्यक्ष तेण्डी शेर्पा र तामाङ्सालिङ् मञ्चका अध्यक्ष मिङमार लामाले क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

कोरोना कहरका वावजुद पनि शेर्पा प्रान्त र तामाङ्सालिङ् प्रान्तको गाउँगाउँमा पहिचानको राजनीतिकलाई प्रचारको रुपमा यो क्यालेण्डरले थप मद्दत पुग्ने तामाङ्सालिङ् अध्यक्ष मिङमार लामाले बताएका छन् । त्यसैगरी शेर्पा जातीहरुमा सबै प्रकारको चेतना आएतापनि राजनीतिक चेतनाको कमीभएको हुँदा हालसम्म पनि देशको सबै तहतप्कामा समानुपातिक प्रतिनिधित्व पुग्न नसकेको हुँदा यसको निमित्त शेर्पा मञ्चले राजनीति अभियानको रुपमा शेर्पाहरुको घरआँगनमा पुगेर पहिचान संघीयताको राजनीति चेतनाको निमित्त यो क्यालेण्डर महत्वपूर्ण हुने अध्यक्ष टेण्डी शेर्पाले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गत संघीय शेर्पा मञ्च, नेपाल र संघीय तामाङ्सालिङ् मञ्च, नेपाल दुई प्रान्तीय मञ्चहरु राजनीतिक रुपमा पछिल्लो समयमा निक्कै क्रियाशिल भइरहेको मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;