माङसेबुङकाे रेडस्टार क्लबको अध्यक्षमा पुन: राई निर्वाचित

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा क्रियाशील रेडस्टार क्लबको अध्यक्षमा मदन राई निर्वाचित भएका छन् ।

शुक्रबार चारसुरेमा सम्पन्न क्लबो चौथो साधारणसभाबाट राई पुन अध्यक्षमा निर्वाचित भएका हुन् । राई यसअघिका समेत क्लबका अध्यक्ष हुन् ।

साधारणसभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा बालकृष्ण बस्नेत, सचिवमा हरि राई, सहसचिवमा धनकुमार लिम्बू र कोषाध्यक्षमा प्रमिता धमनला निर्वाचित भएका छन् ।

सदस्यहरुमा युवराज कार्की, रबिन तामाङ, गंगा बस्नेत, रमादेवी कोइराला, दीपक ल्वागुन, नविन बस्नेत, मुना निरौला र सुमन राई निर्वाचित भएका छन् ।

 

क्लबको विधान अनुसार समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

२०७३ सालमा स्थापित क्लब स्थानीय स्तरमा विभिन्न सामाजिक गतिविधिमा क्रयाशील छ । क्लबले दुखमा परेकाहरुलाई राहत वितरण कार्यक्रम, सामुदायिक सरसफाई कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सचेतनामूलका कार्यक्रम तथा विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्दै आएको छ ।

मदन राईको अध्यक्षता र माङसेबुङ गाउँपालिका २ नम्बर वडा पुषपराज कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्कीसहित नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ र क्लबका सल्लाहकार युवराज बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन क्लबका सचिव हरि राई र स्वागत मन्तव्य उपाध्यक्ष बालकृष्ण बस्नेतले गरेका थिए ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...