मृतक पोलहाङमालाइ कुरुम्बेली समाजको आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

दमक। पाँचथरको साविक कुरुम्बामा स्थायी बसोबास भई बसाई सराईको क्रममा झापाको दमकमा बसोबास गर्ने कुरुम्बेलीहरुको सामाजिक संस्थाको रुपमा स्थापित कुरुम्बेली सामाज सेवा संघले विगत २र४ बर्ष देखि दमकमा सक्रिय सामाजिक कार्य गर्दै आइरहेको छ ।

यसैक्रममा बिहिबार कुरुम्बा २ मा जन्मभई इभाङ्मा विवाह भई गएकी कुरुम्बेली चेली पोलहाङ्मा लाओतीको असामयिक निधन भएपश्चात संस्थाले सदस्यहरुबाट संकलित रकम ३६ हजार २ सय पच्चान्नबे रुपैयाँ आज अन्त्येष्टी गरिएको कमल शावित्रा चौक समाधीस्थलमा मृतकका श्रीमान् राम कुमार योङ्हाङ् र छोराहरुलाई संस्थाका अध्यक्ष ऐमानसिङ लाओतीले प्रदान गरेका छन् ।

लाओतीलाई विहिबार दमक १ हवल्दार चौंक नजिकै आफ्नै व्यावसायिक घुम्तीमा मृत अवस्थामा भेटिएपछि दमक अस्पतालमा पोष्टमार्टम गरि शुक्रकार अन्तेष्टी गरिएको हो । मृतक लामो समयदेखि जण्डिज रोगबाट ग्रसित भएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...