गायिका आसा सुहाङको ‘तिहारको दिन आयो’ सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

 

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका तथा मोडल आसा सुहाङ लिम्बूको आवाजमा नेपालीहरुको महान चाड तिहारको झल्को दिलाउने सुमधुर गीत ‘तिहारको दिन आयो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायिका आसा सुहाङ लिम्बूको शव्दभाहरुमा आसाकै निर्माण रहेको भिडियो ‘तिहारको दिन आयो’ ओरिजिन नेपाल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

एलिसा राई, काउली बुढी(सन्ध्या बुढा) र आसा सुहाङ लिम्बूको अभिनय रहेको भिडियोमा बाल कलाकारहरु आदित्य लिङदेन लिम्बू, निश्चल सुहाङ लिम्बू र स्माइल सुहाङ लिम्बूको समेत अभिनय रहेको छ ।

दिप घतानीको संगीत, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सो लिम्बूले गरेका हुन् ।

बुद्ध थापा(नेपाल) र इन्द्रावती क्रिएशन(यु.ए.सए.) को छायाँकन रहेको भिडियोमा मेकअप समरा लामा र सम्पादन तथा कलर बिकास धमलाले गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;