शिवसताक्षीमा २५ वर्षीया युवतीको कोरोनाले मृत्यु

 लिम्बुवान न्युज
                       

दुधे। झापाको शिवसताक्षीमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ।

शिवसताक्षी ६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

विराटनगरबाट उनको शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनको कार्तिक १३ मा कोरोना पुष्टि भएको थियो।

त्यसपछि  अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ।

मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन। शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...