शनिबार, २२ कार्तिक, २०७७ दिउँसोको ०३:५७ बजे,
लिम्बुवान न्युज
माङसेबुङ । भाषा लिपि साहित्य कला संस्कार र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणमा प्रवेश गरेको छ ।
शुक्रबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ तुङगुङदिङ चरण पार गर्दै इक्सादिङ चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत तुङगुङदिङ चरणमा सहभागी ५६ जना प्रतियोगीहरु मध्येबाट इक्सादिङ चरणमा प्रवेश हुने २० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका हुन् ।
याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको आयोजनामा जनम लिङ्दम हाङ्साको संयोजकत्वमा सञ्चालन भइरहेको याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।
यस प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी रहेका छन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार ३० हजार सहित प्रमाणपत्र, उपविजेता हुनेले नगद पुरस्कार २० हजार सहित प्रमाणपत्र, तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र सान्तवना हुनेले नगद पुरस्कार ५ हजार सहित प्रमाणपत्र हात पार्नेछन् ।
इक्सादिङ चरणमा प्रवेश गरेका प्रतियोगीहरु
१, सीता पिरती (ताप्लेजुङ)
२, मन कुमार तुम्रोक (पान्थर)
३, एस.बि गोधुली (ईलाम)
४, मचिन्द्र लोवा सेमि (पान्थर)
५, कुमार बि.क (तेह्रथुम)
६, लेकाली कान्छा मुक्कुम (ताप्लेजुङ)
७, लक्ष्मी नेम्वाङ (पान्थर)
८, सन्चिता नेम्वाङ (सुनसरी)
९, राज जिन्दगी (पान्थर)
१०, अबि चेम्जोङ (दमक झापा )
११, हेम सेमेक्वा ( पान्थर)
१२, श्याम तुफान (पान्थर)
१३, लोकेन्द्र देवान ‘अशिम’ (धनकुटा)
१४, के. बि किराँती (ताप्लेजुङ)
१५, सुमन याङ्देम्बा नेम्वाङ (पान्थर)
१६, तुलसा केदेम (ताप्लेजुङ)
१७, लक्ष्मी माङ चेम्जोङ (पान्थर)
१८, जबेगु राज ‘सानु’ (मोरङ)
१९, शुक्र आङ्देम्बे (मोरङ)
२०, कोसि सललल (पान्थर) हाल, दक्षिण कोरिया
कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् । आजै...
इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको आगामी चैत्र पहिलो साता हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् । शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३...
काठमाडौं । नेपालको नम्बर वान अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । नम्बर वान अनलाइन न्यूज पोर्टल संचालक अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...
दमक। याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । आज झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Manggennapub.midiya2077@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/संचालक
दिल कुमार लावती
९८४४६५८८४४