समाजवादी नेता दिपेन बाला पितृ शोकमा

,   लिम्बुवान न्युज
                       

दमक। समाजवादी पार्टी झापाका अध्यक्ष, पत्रकार महासंघ झापाका पूर्व सचिव साथै दमक राष्ट्रिय बहुमुखी सहकारी संस्थाका संचालक समिति सदस्य एवं युवा नेता दीपेनवाला राईलाई पितृशोक परेको छ । ९९ बर्षको उमेरमा राईका पिता धनवल राईको शनिबार साँझ कमल ६ स्थित नीजि निवासमा नै निधन भएको हो ।

करिब एक शताब्दी उमेरका युग पुरुष तात्कालिन जहानीय राणा शासनको विरुद्धमा लडेका धनबल २००७ सालको क्रान्तिका मुक्ति आन्दोलनका एक योद्धा भएको जानकारहरू बताउँछन् ।

पाँचथरको रानीटारमा जन्मिएका  भारतीय सेनामा भर्ती हुने सपना बोकेर घरबाट निस्किएका उनी अन्ततः राणा शासनको विरुद्ध शसस्त्र आन्दोलनका मुक्ति सेना बनेका थिए । वि.सं. २०१७ सालमा राजा महेन्द्रले कु गरेर पञ्चायती व्यवस्था शुरु गरेपछि १८ सालतिर भारतको दार्जिलिङ् प्रवासिएका स्वर्गिय धनबल राई पुनः नेपालमा बहुदीय क्रान्ति शुरु भएपछि सपरिवार सहित ४१ साल तिर झापाकाे लखनपुर ३ हाल कलम ६ मा आएर स्थायी रुपमा बस्दै अाए थिए ।

लामो समय नेपाली राजनीति क्रान्ति प्रति जानकार राईले नेपालमा अझै क्रान्ति सफल नभएको बताउँदै आएका थिए । शासनहरु परिवर्तन भए तर अनुहार परिवर्तन नभएकोमा चिन्तित शताब्दी पुरुषको अन्त्यले झापाबासीहरुले पहिचान पक्षका एक योद्धा गुमाएको महसुस गरेका छन् ।

मृतक राईको आज दिउँसो आदिवासी रंगशाला पूर्व सावित्रा चौक उत्तरको समाधिस्थलमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;