आईपीएल : ‘प्लेअफ’मा पुग्नेलाई पुरस्कार, कुन टिमले कति रकम पाउने?

 लिम्बुवान न्युज
                       

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा अब मात्र दुई म्याच बाँकी छन् । दोस्रो क्यालिफायर र फाइनल म्याच मात्र बाँकी रहेका हुन् ।

फाइनल खेल्ने एक टिम पक्का भइसकेको छ । यो सिजनमा पनि मुम्बई इण्डियन्सले फाइनलको टिकट पक्का गरिसकेको हो ।

आज फाइनल खेल्ने दोस्रो टिमको टुंगो लाग्ने छ । दोस्रो क्वालिफायरमा फाइनल प्रवेश गर्न दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै छन् ।

तपाईलाई आईपीएल २०२० को विजेता, उपविजेता तथा ‘प्लेअफ’ मा पुग्ने टिमले पाउने पुरस्कारको बारेमा थाहा छ? यदि थाहा छैन भने आज जानकारी दिँदैछौँ ।

जारी आईपीएल विजेता टिमले गत वर्षभन्दा कम पुरस्कार राशि पाउने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो पटक २०१९ को सिजनकोभन्दा ठ्याक्कै आधा  पुरस्कार राशि दिने निर्णय गरिसकेको छ ।

गत सिजनमा मुम्बई इण्डियन्सले ट्रफीसहित नगद २० करोड भारु पुरस्कार पाएको थियो । तर, आईपीएल २०२० मा विजेता बन्ने टिमले १० करोड भारु पुरस्कार पाउने छ ।

यो पटक उपविजेता टिमले ६ करोड २५ लाख भारु पाउने छ । गत सिजनमा उपविजेता बनेको चेन्नई सुपर किंग्स (सीएसके)ले साढे १२ करोड भारु पाएको थियो ।

विजेता र उपविजेता टिमले मात्र होइन ‘प्लेअफ’मा पुग्ने टोलीले पनि पुरस्कार रकम पाउने छन् । क्वालिफायर २ र एलिमिनेटरमा हार्ने टिमले पनि चार करोड बढी रकम पाउने छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...