दमकमा कोभिड अस्पतालकाे शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा कोरोना बिरामीहरुलाई लक्षित गरि कोभिड उपचार केन्द्रको शुभारम्भ भएको छ । लामो समयदेखि उद्घाटनको तयारीमा रहेको केन्द्रको दमक २ बेलडाँगीमा प्रदेशसभा सदस्य अर्जुन राईले आज उद्घाटन गरेका हुन् ।

अब कोरोना पोजेटिभ भएका कम्तिमा पनि ३० जनासम्मलाई यहाँ उपचार गर्न सकिने नगरपालिका उपमेयर तथा दमक अस्पताल संचालक समिति अध्यक्ष गीता अधिकारीले बताएकी छन् । उनले ‘यो अस्पताल दमक अस्पताल मातहत समेत रहने बताए ।’

पछिल्लो समय झापाको दमकमा कोरोना संक्रमण दिनानुदिन बढ्ने क्रम बढेसँगै सुरक्षामा चुनौती थपिएको हुँदा कोभिड नियन्त्रण रोकथाम तथा ब्यवस्थापनमा दमक नगरपालिका लागि परेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । उनले –अब कोभिड उपचार केन्द्र सञ्चालनमा आएको हुँदा नगरपालिकाले यसलाई सुविधा सम्पन्न बनाउदै लैजाने पनि जनाए ।

केन्द्रको उदघाटन समारोहमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णराज कोईराला, नगरका राजनीति दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व र नगरका जनप्रतिनिधि लगायतको पनि उपस्थिति रहेको थियो ।

यहाँ ५ वटा एचडियु सेवा पनि रहने भएको हुँदा स्वास्थ्यमा गम्भिर समस्या आउन खोजेका विरामीलाई  यो वार्डमा राखेर उपचार गरिने नगर अन्तर्गत स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...