फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीकाे शुभकामना सन्देश, किरातीहरूले आज १३६औं जन्मजयन्ती मनाउदै

 लिम्बुवान न्युज
                       

दमक। राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द जन्म जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

देश तथा प्रवासमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

राष्ट्रपतिले किरात जातीहरुमा धर्म, परम्परा, संस्कार संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिएका महागुरुको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।

समाजमा भएका कुरिती कुसंस्कारको विरुद्ध चेतना फैलाउने फाल्गुनन्दलाई समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिन सकिने राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

 

वि. सं. १९४२ साल कातिक २५ गते आजभन्दा १३६ बर्ष अघि इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ति काम गरेका थिए । फाल्गुनन्दले समाजसुधारका लागि गरेको अतुलनिय योगदानको कदर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएपश्चातको सरकारले २०६६ साल मंसिर १६ गते १६औं राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा आज १ नंं प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । आज सम्पूर्ण किरात धर्मावलम्बीहरुले महागुरुको १३६औं जन्मजयन्ती देश विदेशमा भव्य रुपमा माउँदै छन् ।

यो बर्ष कोरोना कहरको कारण सामाजिक दुरी कायम गरेर मात्र मनाउन किरात धर्मावलम्बीहरुलाई किरात धर्म साहित्य उत्थान सघका अध्यक्ष डेकन्द्र सिंह थेगिमले बताएका छन् । उनले साँझ घरघरमा दियो बालेर महागुरुको जन्मजयन्ती मनाउन समेत अनुरोध गरेका छन् । त्यसैगरी किरात सत्यहाङमा सेवा संघका महासचिव गंगा साउँदेनले पनि विश्वमा छरिएर रहेका किरात धर्मावलम्बीहरुलाई परिस्थितिलाई मध्यनजर गरेर मात्र कार्यक्रमहरु गर्न आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...