दमकबाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक नगरपालिका वडा नं. ८ बाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक ७ का २८ बर्षीय अमन लिङ्फेक लिम्बु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती अाठ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवाइल सहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रका दमकले जनाएको छ ।

सम्बन्धित समाचार

इलाममा फागुन २४ देखि २५औं राष्ट्रिय चुम्लुङ हुँदै: याक्थुङ सांस्कृतिक महाेत्सव पनि हुने

ललितपुर, २२ फागुन । किरात याक्थुङ् चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङ इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने भएको छ । चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव हुने भएको छ...

फाल्गुन १७ प्रदेश १ को अध्यारो दिन, १ बर्ष पुरा

दमक, १८ फाल्गुन । १ नम्बर प्रदेशको नामाङकन पहिचान नामेट हुनेगरी कोशी प्रदेश कायम गरिएको १७ फाल्गुनमा एक वर्ष पूरा भएको छ । गत वर्षको फागुन १७ गते प्रदेश १ को नाम प्रदेश सभाले चोरबाटोबाट...

दमकमा आजबाट दुई दिने याक्थुङ साम्लो महोत्सव हुँदै

दमक, १८ फाल्गुन । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार)बाट दुईदिने याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । याक्थुङ् लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलिसम्म सञ्चालन...

मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कियाचु...