बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे

,   लिम्बुवान न्युज
                       

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । यो सँगै मुख्यमन्त्री नितिश कुमारलाई पुनः एकपटक मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

यस विधानसभामा एनडीएलाई टक्कर दिएको लालुका छोरा तेजश्वी यादव नेतृत्वको महागठबन्धनले ११० सिट जितेको छ ।

महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो दल बनेको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट जितेको छ । सन् २०१५ मा राजदले ८० र भाजपाले ५३ सिट जितेको थियो ।
यसपटकको चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु)को प्रदर्शन धेरै उत्साहित हुने खालको रहेन । सन् २०१५ मा ७१ सिट जितेको जदयुले यस पटक भने ४३ सिटमा मात्र चित्त बुझाएको छ ।

यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले भने यो पटक १९ सिटमा चित्त बुझाएको छ ।

सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले भने राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ ।

जदयुको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी)ले केबल एक सिट जितेको छ । यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गरेर बिहारका जनताप्रति आभार व्यक्त गर्दै एकपटक फेरि लोकतन्त्रको जित भएको उनले उल्लेख गरेका छन् ।

बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘यो नयाँ दशक बिहारको हुने छ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुनेछ ।’ प्रधानमन्त्री मोदीले– ‘आज बिहारले फेरि दुनियाँलाई लोकतन्त्रको पाठ पढाएको छ । लोकतन्त्र कसरी मजबुत बनाउने भनेर देखाएको विहारमा त्यहाँका गरिब, बन्चित र महिलाहरुले पनि ऐतिहासिक मतदान गरे र विकासका लागि आफ्नो निर्णायक फैसला पनि सुनाएको लेखेका छन्’ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;