ओयामको एक दस्तावेज “ओयाम एक तस्वीर” सार्वजनिक

,   लिम्बुवान न्युज
                       

  • रमेश किरण सापकोटा

पाँचथर / पाँचथर याङ्वरक गाउँपालिका साबिक सुन्दर गाउँ ओयामको बारेमा कवि, साहित्यकार सुजन सेलिङद्वारा तयार पारिएको ऐतिहासिक खोजमुलक पुस्तक “ओयाम एक तस्वीर” सार्वजनिक भएको छ ।

पुस्तक भित्र राजनैतिक, सामाजिक, आर्थिक, पुरात्वतिक र ओयामका पञ्चायती व्यवस्था देखि अहिले सम्म ओयाम लाई नेतृत्व गर्ने जनप्रतिनिधिहरु को जिवनी साथै गायक, साहित्यकार, कलाकार, खेल क्षेत्रमा स्थापित खेलाडी हरुको जिवनी र विभिन्न पर्यटकीय, धार्मिक स्थल, जैविक विविधता को बारेमा वर्णन गरिएको छ ।

याङ्वरक गाउँपालिका वडा नं. ३ मा अवस्थित ओयामको इतिहास काल देखि वर्तमान सम्मका सम्पुर्ण विषयवस्तुहरुलाई समेटेर तयार गरिएको उक्त पुस्तक सोमबार याङवरक गाउँपालिका वडा नं. ३ स्थित श्री गुप्तेश्वर माध्यमिक विद्यालयको सभाहलमा विमोचन समारोह गरि सार्वजनिक गरिएको थियो ।

याङ्वरक गाउँपालिका वाड न ३ वडा समिती र सारथि युवा मंचको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सभाअध्यक्ष याङ्वरक गाउँपालिका-३ वडा समिति सदस्य मचिन्द्र सेलिङ, प्रमुक अतिथि पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगू, विशिष्ट अतिथि याङ्वरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे साथै याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ, प्रवक्ता बिमल राई, साहित्यकार प्रेम ओझा, पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक, सामाजिक अभियन्ता, पुस्तक समिक्षक तथा साहित्यकार मधुराज केरुङ ‘केवाहाङ’, साहित्यकार उदय साउदेन लगायत स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ/संस्थाका प्रतिनिधि, शिक्षक साथै स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

पुस्तक बिमोचनको क्रममा बोल्दै पुर्व मन्त्री जबेगुले सम्पुर्ण स्थानीय तहमा रहेका सम्बन्धित निकायले पनि यस्ता दस्तावेज मुलक पुस्तक निर्माण कार्यमा सहयोग तथा मार्गनिर्देशन दिनु पर्ने बताउदै लेखक सेलिङलाई बधाई दिएका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले आफ्ना कुरा राख्दै पुराना पुस्ताको सम्मानलाई नयाँ पुस्ताले उहाँहरुको योगदानलाई वृत्तचित्र झैँ उतारेर एउटा दस्तावेज बाट आफुले पनि केही ज्ञान प्राप्त गरेको भनी बताएका थिए ।

उपस्थित साहित्यकारहरु प्रेम ओझा, मधुराज केरुङ, उदय सावदेन र याङ्वरक गाउँपालिकाका प्रवक्ता बिमल राईले पुस्तक माथी समिक्षा गरेका थिए ।

कोरोना कहर बिच पनि पुस्तक बिमोचन कार्य सफल पार्न सबैको उपस्थिति तथा सहयोगी मनलाई हृदयबाट धन्यवाद दिदै आफ्नो जन्मभुमी प्रतिको मायालाई सदैव आत्मासाथ गर्दै अघि बड्ने भन्दै लेखक सेलिङ्ले खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;