फियाकद्धारा जिल्ला चुम्लुङको कार्यबहाक बिधानसम्मत भएको जिकीर

,   लिम्बुवान न्युज
                       

दमक। किरात याक्थुङ चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले गत कार्तिक १७ गते आफूले पाएको अख्तियारी विधानसम्मत भएको जिकीर गरेका छन् ।

उनले पाएको कार्यवहाकको अख्तियारी प्रति चुम्लुङका पदाधिकारीहरुको गुनासो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि फियाकले आफूले पाएको जिम्मेवारी चुम्लुङको विधान र लिम्बु जातिको हितका लागि नै भएको जिकीरे गरेका हुन् ।

सामाजिक सञ्जालमा प्रष्टीकरण दिदै फियाकले अस्वस्थ्य रहेका चुम्लुङ जिल्ला अध्यक्ष् भक्त खेवाङले कार्यवहाकको जिम्मेवारी दिएको वताउदै यसैलाई इगो गर्नु उचित नहुने वताएका छन् । अध्यक्ष खेवाङले पदाधिकारी हुदाँहुदै सदस्यलाई जिम्मेवारी दिनु विधान सम्मतनै भएको र यसलाई प्रतिष्ठाको विषय वनाउनु दुखद भएको उनको भनाई छ ।

उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी किन दिनुप¥यो, कसरी दिए, किन मलाई नै दिनुप¥यो भन्ने बिषयमा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत सदस्यहरूलाई जानकारी गराएको समेत उल्लेख गरेका छन् । जिल्ला चुम्लुङको दैनिक कार्य सञ्चालन गर्दैजाने गरी अध्यक्षज्यूले अख्तियारी दिएको प्रष्टयाउदै उनले भनेका छन्, –‘चुम्लुङमा मेरो स्वार्थ छैन्, सदैव चुम्लुङको विकासको निम्ती भूमिका हुनेछ ’
पान्थर जिल्लामा रहेर काम गर्दा चुम्लुङको एक कार्यकाल सचिवको जिम्मेवारी सम्हालेको वताउदै फियाकले दमक आएपछि पनि चुम्लुङ दमक नगरसमितिको सल्लाहकारक, चुम्लुङको मुखपत्र तान्छोप्पा पत्रिकाको झापा प्रतिनिधि भएर निकै समयसम्म काम गरेंको जनाएका छन् ।

राष्ट्रिय चुम्लुङ् सदस्य पदमा रहेर जिल्ला कार्य समितिको हरेक कृयाकलापमा सहभागि हुदै आएको उल्लेख गर्दे फियाकले संस्थाका अध्यक्ष र पदाधिकारीहरुवीचको मनमुटाव बसेर समाधान खोज्न पनि आग्रह गरेका छन् ।

चुम्लुङ झापामा अध्यक्षसँग उपाध्यक्ष जनबहादुर जवेगु,सचिव जिवन सिंगकले पौंठेजोरी मात्र खेलेको, आजीवन सदस्यको रकम मिलान नगरेको भन्दै कार्यवहाक अध्यक्ष फियाकले यतिसम्म कि विर्तामोडस्थित जिल्ला चुम्लुङ भवन मर्मत र सामुदायिक भवन बनाउँन प्रदेश सरकारले प्रदान गरेको बजेट कार्यान्वयन गराउने सन्दर्भमा बारम्बार असहयोग भएको आरोप लगाएका छन् ।

कातिक ५ गते बसेको जिल्ला कार्य समितिको नियमित बैठकले राष्ट्रिय चुम्लुङ् सदस्यबाट पदमुक्त गराई रिक्त रहेको जिल्ला सदस्य पदमा बहुमत सदस्यहरूको समर्थनमा मनोनयन गरि जिल्ला सदस्यमा मनोनित गरेको र वरिष्ठ सदस्यको नाताले आफूलाई कार्यवहाक दिएको स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;