१३ वटा स्याटेलाइट एउटै रकेटमा हालेर चीनले गर्यो प्रक्षेपण

 लिम्बुवान न्युज
                       

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो ।

शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी कम्पनी स्याटेलोजिकले निर्माण गरेको हो ।

ती १० वटा स्याटेलाइटको हरेकको तौल ४१ केजी छ भने पृथ्वीको कक्षमा आगामी ३ वर्षसम्म काम गर्ने छन् ।

त्यस्तै उक्त रकेटमा चिनियाँ प्रविधि कम्पनीहरुले निर्माण गरेका अरु ३ वटा स्याटेलाइट पनि पठाइएको छ जसबाट रिमोट सेन्सिङका साथै सूचना प्रविधिका विविध वैज्ञानिक परीक्षणको उद्देश्य राखिएको छ ।

त्यसमा एउटा सिक्स–जी परीक्षण स्याटेलाइट रहेको छ । त्यसको तौल ७० केजी छ । उक्त स्याटेलाइटमा टेट्राहर्ज स्याटेलाइट कम्युनिकेसन प्रणाली जडान गरिएको छ । सिक्स–जी परीक्षण स्याटेलाइटको प्रक्षेपणसँगै टेट्राहर्ज अन्तरीक्ष सञ्चार प्रविधिको अन्वेषणमा ऐतिहासिक कदम अघि बढेको चिनियाँ इन्जिनियरहरुको भनाइ छ ।

उक्त स्याटेलाइटका डाटालाई स्मार्ट सिटीको निर्माण, विपदको रोकथाम तथा न्यूनीकरण, भू–योजना तथा वातावरण संरक्षण लगायतका कार्यमा उपयोग गरिने बताइएको छ ।

–एजेन्सी

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...