गोर्खा भर्तीमा भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ ।

हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे ।

नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए पनि गोर्खा भर्तीका बारेमा भने अहिलेसम्म औपचारिक कुराकानी भएको छैन ।

कुमाउ र गढवाली युवालाई प्रवेश गर्न दिने नयाँ नीतिले अहिले नै धेरै प्रभाव नपर्ने बताइएको छ । अहिले केही सीमित संख्यामा मात्र गढवाल र कुमाउका युवाहरुलाई भर्ना गरिने छ ।

भारतले केही दशकयता नेपाली युवाहरुको संख्यालाई भने कमी गर्दै आइरहेको छ । आसाम राइफलमा नेपाली युवा भर्ना गर्ने प्रक्रियालाई भारतले सन् २००० देखि नै रोकेको हो । सन् १९७० को दशकसम्म भारतले गोर्खा राइफल्समा सबै नेपाली युवालाई मात्र भर्ना गर्ने गरिएको थियो त्यसपछि नेपाल र भारतको वीचको अनुपात ७०/३० थियो ।

गोर्खा भर्तीसम्बन्धी विषयलाई नजिकबाट हेरिरहेका एक भारतीय विज्ञले अनलाइनखबरसँग भने, ‘वास्तवमा माओवादीले भारतीय सेना गोर्खा भर्ती खारेज गर्नुपर्ने माग अगाडि सारेदेखि नै यो विषयलाई गम्भीर रुपमा लिइएको थियो । पछिल्ला वर्षहरुमा माओवादीबाहेक अन्य राजनीतिक दलमा पनि गोर्खाभर्तीको विपक्षमा आवाज उठिरहेको छ ।

ती अधिकारीहरुका अनुसार भारतले तत्काल नेपाली कोटामा कुनै पनि कटौती गर्ने छैन । तर, नेपाल सरकारले कुनै संशोधन वा खारेजीको प्रक्रिया अगाडि बढाएमा अप्ठेरो पर्ने भएकाले तयारीस्वरुप यो नीति लिइएको हो ।

अहिले भारतीय सेनामा ४० गोर्खा राइफल्स छन् । अहिले नेपाल र भारतको वीचमा ६०/४० को अनुपातमा भर्ना लिँदै आएको छ ।

तर, केही वर्ष अगाडि सबै भारतीय सेना मात्रै भएको एक वटालियन खडा गरिएको थियो ।

पछिल्लो समय विशेषतः भारत र चीनका वीचमा द्वन्द्व बढ्दै गएपछि र पाकिस्तानसँगको लडाइँमा नेपाली युवाहरु मारिन थालेपछि गोर्खा भर्तीको विषयमा विभिन्न कोणबाट बहस भइरहेका छन् ।

नेपालले सन् १९४७ मा नेपाल, भारत र वेलायतका वीचमा भएको त्रिपक्षीय सम्झौतामा पुनरावलोकनका लागि बेलायतसँग गत वर्ष नै प्रस्ताव गरे पनि भारतसँगको विषयमा भने केही पनि बोलेको छैन ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...