दमकमा हालसम्मकै सर्वाधिक ७६ जनामा काेराेना संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

दमक। झापाकाे दमक नगरपालिकामा हालसम्मकै सर्वाधिक ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा ३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कनकाईमा ६ महिला र १२ जना पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ । झापा गाउँपालिकामा २ महिला र ९ पुरुष, बिर्तामोडमा ५ महिला, ४ पुरुष, भद्रपुरमा ३ महिला, ३ पुरुष, मेचीनगरमा १ महिला, २ पुरुष, कमलका २ महिला, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा १—१ पुरुष तथा अर्जुनधारा र शिवसताक्षीमा १—१ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कायार्लयले जनाएकाे छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...