हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ९ वर्षीय बालक सहित ७ जनाको मृत्यु

,   लिम्बुवान न्युज
                       

एजेन्सी। हङकङ जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्षका छन् ।
३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । एक जना डिस्चार्ज भएका छन् ।

सो आगलागीमा परेका अधिकांश वागलुङ जिल्लाका छन् । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको बताइएकाे छ ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गरेकी छन् । साथै घाइतेहरुलाई मद्दत गर्न र अगलागीको कारण पत्ता लगाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

भवनमा पर्याप्त सुरक्षा पूर्वाधार नभएकाे 

घट्नापछि त्यस वरपरका स्थानीयले प्रहरीलाई वताएअनुसार यस क्षेत्रमा भाडामा लगाइएका धेरै भवनमा अग्नि नियन्त्रक उपकरण छैनन्  ।

फ्ल्याट्हरुमा पर्याप्त भाग्ने द्धार र ठाउँहरु छैनन् । यसले गर्दा पनि बढी क्षति भएको सरकारी अधिकारीहले बताएका छन् । समाचार संस्था एपीकाअनुसार त्यहाँ जम्मा भएकाहरु भान्साको पछाडि ट्रयापमा परेका थिए ।

हङकङबाट प्रकाशित हुने पत्रिका दि साउथ चाइना मर्निङ पोष्टका अनुसार आगलागी भएको भवन ६९ वर्ष पुरानो हो । भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् ।

साथै अनुमति नलिइ रेन्ष्टुरेन्ट संचालन गरिएको र बाहिर कुनै पनि साइनवोर्ड नरहेको प्रहरीले उल्लेख गरेको छ ।

घटनापछि स्थानीयले भाडामा लगाइएका भवनहरु अनुगमनको माग गरेका छन् । हङकङका सांसद भिनसेन्ट चिन विङ-सनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘यस क्षेत्रका धेरै पुराना भवनहरुमा अग्नी नियन्त्रक उपकरण छैनन्, धेरै भवनहरुमा एउटा मात्र वाहिरिने द्धार छन् जसले केही भएमा भाग्नलाई कठिन छ ।’

यस पटकको आगलागी सन् २०११ यताकै सबैभन्दा ठूलो भएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यतिवेला ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

(फाेटाे अनलाइनखबरबाट)

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;