आजबाट पूर्वाञ्चल दैनिक २६ वर्षमा

 लिम्बुवान न्युज
                       

दमक। झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको हो ।

मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २६ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिले सम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

२६ वर्ष प्रवेशसंगै पत्रिकाले यस वर्षबाट विभिन्न जातीको भाषा लिपिको संरक्षण र विकासमा टेवा पुर्याउन विभिन्न भाषामा सामग्री प्रकाशन गर्ने भएको छ । प्रदेश–१ मै पहिलो पटक पूर्वाञ्चल दैनिकले यस्तो कार्य गर्न लागेको हो । सर्वप्रथम पाक्षिक रूपमा किरात सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गरिने र त्यस सम्वन्धी सम्झौता भइसकेको छ ।

प्रदेश–१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा प्रत्यक्ष विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।

यस वर्ष कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहदाँ पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । गत वर्ष रजत वर्ष मनाएको पत्रिकाले झापाका क्रियाशील ११३ जना पत्रकारको कोरोना बिमा गरेर पत्रकारको स्वास्थ्य सुरक्षा प्रति आफूलाई जिम्मेवार प्रस्तुत गरेको छ ।

प्रत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई अझ सशक्त बनाउने उद्धेश्यले आजैबाट गुडमर्निङ पूर्वाञ्चल कार्यक्रम समेत सुरु गरेको छ । जसमा राशीफल सहितका महत्वपूर्ण सामग्री प्रस्तुत हुनेछन् । अनलाइनलाई अझ प्रभावकारी बनाउर्दै श्रव्यदृश्य सामग्रीलाई प्राथमितामा राखेर अघि बढ्ने प्रधानसम्पादक एकराज गिरीले जानकारी दिए । बजारलाई अझ विस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताएका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...