पाँचथरकाे मिक्लाजुङमा उपचारकाे क्रममा संक्रमितको मृत्यु

 लिम्बुवान न्युज
                       

रबि।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक कोरोना संक्रमितकाे निधन भएकाे छ ।

काेराेना संक्रमणका कारण मंगलबार एक जना ५१ वर्षीय पुरूषको ज्यान गएको हाे । ज्यान गुमाउने पालिकाकाे वडा नं. ४ का स्थायी बासिन्दा भएकाे जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

केहिदिन अघिदेखि अन्य समस्या भइ उपचारका लागि झापा पुगेका वखत स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई आफन्तले घरमै फिर्ता ल्याएका थिए । त्यसपछि पालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालकाे आइसोलेसन केन्द्रमा राखेर उनको उपचार भइरहेको थियो।

पाँचथरमा कोभिड अस्पतालकाे आइसोलेसनमा राखेर उपचारकै क्रममा मृत्यु भएकाे व्यक्ति जिल्लाकै  पहिलो घट्ना भएकाे गाउँपालिकाका अध्यक्षा अमर माखिमले बताएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;