पाँचथरकाे मिक्लाजुङमा उपचारकाे क्रममा संक्रमितको मृत्यु

 लिम्बुवान न्युज
                       

रबि।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक कोरोना संक्रमितकाे निधन भएकाे छ ।

काेराेना संक्रमणका कारण मंगलबार एक जना ५१ वर्षीय पुरूषको ज्यान गएको हाे । ज्यान गुमाउने पालिकाकाे वडा नं. ४ का स्थायी बासिन्दा भएकाे जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

केहिदिन अघिदेखि अन्य समस्या भइ उपचारका लागि झापा पुगेका वखत स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई आफन्तले घरमै फिर्ता ल्याएका थिए । त्यसपछि पालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पतालकाे आइसोलेसन केन्द्रमा राखेर उनको उपचार भइरहेको थियो।

पाँचथरमा कोभिड अस्पतालकाे आइसोलेसनमा राखेर उपचारकै क्रममा मृत्यु भएकाे व्यक्ति जिल्लाकै  पहिलो घट्ना भएकाे गाउँपालिकाका अध्यक्षा अमर माखिमले बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...