उपासना नेम्बाङ आइन् कान्छासँगै (भिडियाे सहित)

 लिम्बुवान न्युज
                       

काठमाडौं। कलाकार उपासना नेम्बाङ लघुचलचित्रमा झुल्किएकी छिन् । उनी अभिनित कान्छा लघूचलचित्र युट्युवमा सार्वजनिक भएको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण सहरमा रहेको आफ्नो कान्छा भाइ भाइटिकासम्म नआइपुग्दाको क्षणलाई समेटेर बनाइएको छ कान्छा चलचित्रमा ।

चलचित्रमा उपासना नेम्बाङ, राजकुमार लिङदेन, रजिना लिङ्देन, सुर्यमान तामाङ, आशुमान तामाङ, ठुलीमाया ढलान, जीत ढलान, लाल बोम्जन, साइँला बोम्जन, कान्छा मार्फा, रामबहादुर इवाराम र शर्मिला खड्का कलाकार छन् ।

भावना ऐरको कथा, किरण नेम्बाङको छायांकन र सम्पादन, झलनाथ खत्रीको निर्देशनमा तयार भएको चलचित्र उपासनाको आफ्नै च्यानलमार्फत सार्वजनिक भएको छ ।

(भिडियाे तल)

सम्बन्धित समाचार

दमकमा तीन दिने माेवाइल पत्रकारिता तालिम हुने

दमक,असार ५ । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम...

याक्थुङ मुन्चइत् चोक सयङको अध्यक्षमा सागर केरुङ् निर्वाचितः १३ बुँदे प्रस्ताव सार्वजनिक

ललितपुर, ५ असार । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न भएको छ । मंगलबार र बुधबार (आज) दुई दिन संचालन भएको कार्यक्रमले सागर केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको...

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा ११ बुँदे निर्णय सार्वजनिकः मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन

ताप्लेजुङ, फुङ्लिङ्, २ असार । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको दुई दिने बैठकको अन्तिम दिन...

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने बैठक बस्दैः राजनैतिक मोर्चा गठनबारे छलफल हुने

ताप्लेजुङ, फुङलिङ् १ असार । ताप्लेजुङको फुङ्लिङस्थत बजारमा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने भौतिक बैठक आजबाट बस्दैछ । प्रदेश १ को नाम कोशी खारेज गर भन्ने नाराका साथ असार १ र...