माइतीघर मण्डलामा खसान प्रान्तकाे माग गर्दै बिराेध कार्यक्रम हुने

 लिम्बुवान न्युज
                       

दमक/ पहिचानको आधारमा खसान प्रान्त सहित  १०+१ प्रान्तकाे माग गर्दै खशान राष्ट्रिय संघर्ष समितिले विरोध सभा गर्ने भएको छ ।

समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै अागामी मंसिर ७ गते माइतीघर मण्डलामा विरोधसभा गर्ने जानकारी सहितकाे सूचना सामाजिक संजाल मार्फत दिएकाे छ ।

सूचनामा खस जातिहरुलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने, खसआर्य समानुपातिक क्लष्टरलाई अलग अलग गर्नुपर्ने, खस समुदायको मष्टो सांस्कृतिक चाडमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । साथै उक्त कार्यक्रममा सबै पहिचानजन्य संगठनमा अावद्द खस सुमदायहरूलाइ उपस्थित हुन समेत अनुराेध गरेकाे छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...