दमक। मोफोसलकै चर्चित छायाँकार भनेर कहलिएका बहुप्रतिभाका धनी भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको ‘ढुङ्गा यो मन’ गीतको भिडियो आज सार्वजनिक भएको छ ।
नवराज कोयूको शब्द र दिलीप कोयूको संगीत रहेको गीतलाई पुर्वकै चर्चित अनि निक्कै व्यस्त गायिका मेलीना राई र दिलीप कोयूले गाएका छन् ।
सुजता थुलुङ्, दिलीप कोयू, विष्णु मोक्तान र निश्चल राईको अत्यन्तै सुन्दर अभिनय रहेको गीतले स्रोताहरुलाई भरपुर मनोरञ्जन दिने निर्देशक तुम्बाहाम्फेले बताए । गीतलाई छायाँङ्कनका साथै स्टोरी पनि स्वयम् निर्देशक तुम्बाहाम्फेले नै गरेका हुन् ।
थैली इन्टरटेट्मेन्टको यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई सन्देश रुचालले निर्माण तथा अनिल रानाले सम्पादन गरेका हुन् । उक्त गीतकाे मिडिया पार्टनरको रुपमा मेरो अनलाइन टिभी रहेको छ ।
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...
ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...