दमक। मोफोसलकै चर्चित छायाँकार भनेर कहलिएका बहुप्रतिभाका धनी भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको ‘ढुङ्गा यो मन’ गीतको भिडियो आज सार्वजनिक भएको छ ।
नवराज कोयूको शब्द र दिलीप कोयूको संगीत रहेको गीतलाई पुर्वकै चर्चित अनि निक्कै व्यस्त गायिका मेलीना राई र दिलीप कोयूले गाएका छन् ।
सुजता थुलुङ्, दिलीप कोयू, विष्णु मोक्तान र निश्चल राईको अत्यन्तै सुन्दर अभिनय रहेको गीतले स्रोताहरुलाई भरपुर मनोरञ्जन दिने निर्देशक तुम्बाहाम्फेले बताए । गीतलाई छायाँङ्कनका साथै स्टोरी पनि स्वयम् निर्देशक तुम्बाहाम्फेले नै गरेका हुन् ।
थैली इन्टरटेट्मेन्टको यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई सन्देश रुचालले निर्माण तथा अनिल रानाले सम्पादन गरेका हुन् । उक्त गीतकाे मिडिया पार्टनरको रुपमा मेरो अनलाइन टिभी रहेको छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...