दुधे। शिवसताक्षीमा पत्रकारहरूद्वारा स्थापना भएकाे सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । शनिबार दुधेमा भएकाे अधिवेशनले सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका हुन् ।
दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा सम्पन्न अधिवेशनमा उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल र जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा क्रमशः पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई चयन भएका छन् ।
यसैबीच सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट विगत दुई दशकदेखि सोही क्षेत्रबाट पत्रकारिता पेशामा क्रियाशील सञ्चारकर्मी अनिलदेव राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंया राशि सहित सम्मान गरिएको छ । सम्मान-पत्रसहित सो पुरस्कार शिवसताक्षी नपाका प्रमुख चन्द्रकुमार शेर्मा र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।
अधिवेशनका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा त्यसैगरी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।
कार्यक्रमको वन्दसत्रमा आव ०७६/७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।
प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सेलिङ केसीले गरेका थिए भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेले गरेको रहेको थियो ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...