कमलमा झुण्डिएर एक पुरुषले गरे आत्माहत्या

,   लिम्बुवान खबर
                       

तस्वीरः बहिनीकाे फेसबुकबाट

दमक। झापाको कमलमा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् । आइतबार बिहान दुई बजे तिर कमल ४ को डाँफे टोल निवासी बर्ष ४६ का पर्वत भनेर चिनिने पूर्ण बहादुर गुरुङ्ले देहत्याग गरेका हुन् ।

मृतकले घरबाट करिब २५ फिट पश्चिम आँपको रुखमा झुण्डिएर देहत्याग गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अविवाहत रहेका मृतकले बढिमात्रमा मादक पदार्थ सेवन गर्ने गरेको तर पारिवारिक झैझगडा नगर्ने सामाजिक खलल नपु¥याउने भएको बहिनी सवनम गुरुङ्ले बताएकि छन् ।

पोष्टमार्टमको लागि अहिले दमक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालयका सई वासुदेव चौधरीले बताएका छन् । मृतकको आजै पोष्टमार्टम पछि बाैद्ध धार्मिक परम्परा अनुसार  कन्काई नदीमा अन्तेष्टी गरिने बहिनी सवनम गुरुङ्ले बताइन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;