माङसेबुङ सहकारीको १५औ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः खजुम निर्वाचित

 लिम्बुवान न्युज
                       


दमक । इलामको माङसेबुङमा रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न भएकाे छ ।
साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा पुनः राजेन्द्र बिक्रम खजुम निर्वाचित भएका छन् ।

शनिबार माङसेबुङ गाउँपालिका वडा न. ३ का अध्यक्ष मैतराज राईको प्रमुख अतिथिमा सरस्वती उच्च मा.वि.को प्रांगणमा सम्पन्न माङसेबुङ सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षमा दुधबहादुर लाओती, सचिवमा राजहाङ लाओती, सह–सचिवमा मनोज शिवाकोटी र कोषाध्यक्षमा राजकुमार माबोहाङ निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा किसन खजुम, मखमाया आङदेम्बे, महेशकुमार सेर्मा, निशा चेम्जोङ, चन्द्र इङनाम निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा भने धनसिं सम्बाहाम्फे र सदस्यमा देउकुमार इधिङ्गो निर्वाचित भएका छन् ।

 

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...