माइतघर मण्डलामा खसान संघर्ष समितिको धर्ना

 लिम्बुवान न्युज
                       

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा खसान संघर्ष समितिले आज धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

खसहरुलाई आदिवासीमा सुचिकृत गराउन, खसआर्य समानुपातिक क्लस्टर अलग गराउन, मस्टो सांस्कृतिक चार्डमा सार्वजनिक विदाको माग र पहिचानको आधारमा खसान प्रान्त सहितको १ं०+१ प्रान्त स्थापना गर्न माग गर्दै धर्ना दिइएको संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर खातीले बताए ।

विभिन्न प्ले कार्डहरु बोकेर धर्ना कार्यक्रममा पहिचान पक्षधरहरुको उपस्थिति रहेको थियो । पहिचानमा आधारित अन्य संगठनहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट थारुवान संघर्ष समिति, नेपा राष्ट्रिय पार्टी लगायतका पहिचानमा आधारित साना राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुको समेत धर्नामा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, खम्बुवानका अध्यक्ष आर के खम्बू, थारु नेता लक्षमण थारु, नेपाका डा. विजय सैजु लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

तस्वीरः दिपा लिम्बु र मिङमार लामाकाे फेसबुकबाट

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...