माइतघर मण्डलामा खसान संघर्ष समितिको धर्ना

,   लिम्बुवान न्युज
                       

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा खसान संघर्ष समितिले आज धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

खसहरुलाई आदिवासीमा सुचिकृत गराउन, खसआर्य समानुपातिक क्लस्टर अलग गराउन, मस्टो सांस्कृतिक चार्डमा सार्वजनिक विदाको माग र पहिचानको आधारमा खसान प्रान्त सहितको १ं०+१ प्रान्त स्थापना गर्न माग गर्दै धर्ना दिइएको संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर खातीले बताए ।

विभिन्न प्ले कार्डहरु बोकेर धर्ना कार्यक्रममा पहिचान पक्षधरहरुको उपस्थिति रहेको थियो । पहिचानमा आधारित अन्य संगठनहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट थारुवान संघर्ष समिति, नेपा राष्ट्रिय पार्टी लगायतका पहिचानमा आधारित साना राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुको समेत धर्नामा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, खम्बुवानका अध्यक्ष आर के खम्बू, थारु नेता लक्षमण थारु, नेपाका डा. विजय सैजु लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

तस्वीरः दिपा लिम्बु र मिङमार लामाकाे फेसबुकबाट

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;